काठमाडौं । अध्यागमनले वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११० जनालाई फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले बुधवार बेलुका वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका नेपाली कामदारहरूलाई गन्तव्य मुलुक जान नदिएर फिर्ता पठाएको हो ।
उनीहरूले पेश गरेको कागजपत्र शङ्कास्पद देखिएको भन्दै अध्यागमन कार्यालयले कामदारहरूलाई प्रस्थान अनुमति नदिई फिर्ता पठाएको हो ।
उनीहरूलाई दिएको पत्रमा अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार पेस गरेको यात्रासँग सम्बन्धित कागजातहरू शङ्कास्पद देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको उल्लेख गरिएको छ ।













