• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिया कफी प्रवर्धनमा स्थानीय तह

by
२८ असार २०८०,
0
चिया कफी प्रवर्धनमा स्थानीय तह

d}:ofª6f/df lrof v]tL vf]6fª, @& c;f/ M lbk|'ª r'Or'Ddf ufpFkflnsf–^ l5tfkf]v/Ll:yt ko{6sLo:yn d}:ofª6f/df nufOPsf] Joj;flos lrof v]tL . ufpFkflnsfn] o; jif{ sl/a $) /f]kgL ;/sf/L hUufdf ;ft xhf/ lrofsf la?jf /f]k]sf] 5 . t:jL/ M s]bf/ du/÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेका छन् । लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ्नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू गरेका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह ९१५ वडा रहेको० दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्ष २५ हजार कफीका बिरुवा निःशुल्क वितरण गरेको छ । पाँच वर्षभित्र पाँच लाख कफीको बिरुवा पु¥याउने लक्ष्य लिएको यस नगरपालिकाले दुई लाख बेर्ना उमार्ने गरी नर्सरी बनाएको छ ।

प्रतिवर्ष दश लाख केजी प्रशोधित कफी उत्पादन गर्ने लक्ष्यसहित कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरिएको नगरउपप्रमुख विशन राईले जानकारी दिए। “जिल्लामा कफीको माग धेरै बढेर गएको पाइएको छ । कफीमा अहिले वार्षिक रु २० करोडभन्दा बढी पूँजी पलायन हुन्छ । अबको केही वर्षभित्रै जिल्लाभरि कफीको माग पूर्ति गर्ने गाउँपालिकाको लक्ष्य छ”, उनले भने “कफी खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर यो वर्ष २५ हजार बिरुवा किसानलाई वितरण गरेका छौँ । आगामी वर्ष दुई लाख वितरण गर्ने योजना छ । नगरपालिकाले निःशुल्क बिरुवा उपलब्ध गराएपछि किसान पनि उत्साहित बनेका छन् ।”
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैस्याङटार डाँडालाई चियाको बगानमा परिणत गर्न सुरु गरेको छ । वडा–६ छितापोखरीमा पर्ने उक्त डाँडामा करिब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले सात हजार चियाका बिरुवा रोपेको छ ।

सुम्निमा पारुहाङ पार्क ९उद्यान० समेत रहेको उक्त डाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्छ । आगामी दिनमा आन्तरिक पर्यटक वृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैस्याङटार डाँडालाई चिया बगान बनाउन सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताए । जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैस्याङटार डाँडामा हरेक दिन आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् ।

यो वर्ष सात हजार चियाको बिरुवा रोपेको गाउँपालिकाले पछिल्ला वर्ष बिरुवा निरन्तररुपमा थप्दै जाने तयारी गरेको छ । केपिलासगढी गाउँपालिका– १ फेदीमा पनि चियाका बिरुवा धमाधम रोप्न थालिएको छ । जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा यसवर्ष दुई लाख चियाका बिरुवा रोपिने वडाध्यक्ष नीरकुमार राईले जानकारी दिए ।

फेदीमा गत वर्षदेखि व्यावसायिक चिया खोती सुरु गरिएको गाउँपालिकाले जनाएको छ । चिया खेतीबाट व्यावसायिक र गुणस्तरीय चिया उत्पादन गर्नेगरी बिरुवा रोप्ने काम सुरु गरिएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिए ।

फेदीका तालखर्क, डाँडाखर्क, बर्खे, सुम्देलगायत ठाउँमा प्राविधिक टोलीसहितले चियाका बिरुवा रोप्ने काम गरिरहेका छन् । फेदीमा व्यावसायिक चिया उत्पादनका लागि दुईवटा किसान समूहसमेत गठन गरिएको छ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा गत वर्षदेखि नै व्यावसायिक चिया खेती सुरु गरिएको थियो । जिल्लाको सबैभन्दा सानो स्थानीय तह ९पाँचवटा मात्र वडा रहेको० साकेला गाउँपालिकाले यसवर्ष मात्रै सात हजार बिरुवा रोपेको छ ।

पर्यटकीयस्थल तावाभञ्ज्याङमा रोपिएका चिया बगान हेरचाह गर्न कामदारसमेत राखिएको गाउँपालिकाले जनाएको छ । चिया खेतीलाई पर्यटन प्रवद्र्धनसँगै जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको उद्देश्य रहेको गाउँपालिका उपप्रमुख बिर्सिका राईले जानकारी दिए ।

खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित कपासेभञ्ज्याङमा पनि व्यावसायिक चिया खेती सुरु गरिएको छ । टेम्के–थामडाँडा कृषि सहकारी संस्थाले निःशुल्क उपलब्ध गराएको १५ हजार चियाको बिरुवा रोखिएको गाउँपालिकाले जनाएको छ । जिल्लामा उत्पादित चिया तथा कफीलाई जिल्लामै प्रशोधन गरेर उपयोग गर्नेगरी तयारी गरिएको स्थानीय तहहरुले जनाएका छन् । एक लाख ५७ हजार तीन सय हेक्टर अर्थात् ४८ दशमलव ५८ हेक्टर क्षेत्रफल जमिन रहेको जिल्लामा खेतीयोग्य जमिन ६२ हजार तीन सय ६० दशमलव ०२ रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Previous Post

बगान समाज परिवर्तन गर्ने चलचित्रः उपसभामुख राना

Next Post

गण्डकीमा रासायनिक मल अभाव नहुने

सम्बन्धित खबर

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
Load More
Next Post
गण्डकीमा रासायनिक मल अभाव नहुने

गण्डकीमा रासायनिक मल अभाव नहुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In