प्रथम आरोप ‘म’ हो, यसैलाई प्रथम स्फुरण वा वृत्ति पनि भनिन्छ । ‘म’को वृत्तिविना पनि जीवन छ, जस्तै ः गर्भमा वा छ महिनाको बालकमा ।
‘म’ मात्रैको स्थितिमा पनि जीवन छ । जस्तैः तीन वर्षको उमेरभन्दा पूर्वका घटनाहरू पछि गएर कसैलाई स्मृति रहँदैन, तसर्थ ‘स्मृति भनेको’ ‘म’ र ‘मेरा’को सम्मेलन हो ।
यो मेरो हो, यो मेरो होइन, यो केवल स्मृतिको विस्तार हो । जसले स्मृतितत्त्वको मूलमा आपूmलाई राख्छ । राख्ने कर्म अध्यात्म हो ।
स्मृति– ‘म’ बाट आउँछ, स्मृतिबाट द्वैत आउँछ, द्वैतबाट लोभमोह आउँछ, यो स्वार्थ हो । शरीर र अहङ्कारलाई केन्द्रमा राखेर गरिने वा सोचिने कर्मलाई स्वार्थ भनिन्छ ।
शरीर अत्यन्त अनित्य छ, समयले उसलाई खान्छ, अहङ्कार, परिस्थिति, वातावरण, संस्कार, निन्दास्तुति, सुखदुःख, हानिलाभ अनुसार परिवर्तित भइरहन्छ, तसर्थ स्वार्थमा अड्किएको वा स्वार्थी मान्छे सर्वदा अविश्वसनीय हुन्छ ।
जन्म मृत्यु शरीरको हो, शरीर ‘म हुँ’ भन्ने अभिमानले दुःख, द्वन्द्व आएको हो । अहङ्कार नै आवागमन हो, सबै इच्छा अपेक्षा, निराशा, तृष्णा, अहङ्कारका शाखा हुन् । यिनीहरूको परमसँग केही सम्बन्ध छैन ।
केवल परम या आत्मा शब्दलाई छोडेर अरू सबै शब्दले केवल भ्रम, कलह, मतभेद मात्रै ल्याउँछन् । परम भनेको ब्दकयगितभ हो । आत्मा भनेको ीषभ कउष्चष्त हो । प्राण भनेको ब्दकयगित बलम ीषभ कउष्चष्त को संवाहक हो ।
जगाउने जोगाउने र चलाउने काम प्राणले गर्छ । प्राण आउँदा जन्म, जाँदा मृत्यु हुन्छ । भित्र आउँदा प्राण भनिन्छ, बाहिर जाँदा अप्राण भनिन्छ । त्यही हो— वेदान्त सबै जानेकाको अन्त । जहाँबाट आदि र अन्तको जन्म हुन्छ, त्यो परम हो, अदृश्य परमको नाम आत्मा हो ।
सबै निषेध गरेर अन्तमा जसको निषेध हुन सक्तैन । त्यही आत्मा हो इन्द्रीय, मनको आत्मामा प्रवेश छैन ।
स्मृतिका साथ बुद्धि लगाएर हृदयमा आत्मामा प्रवेश हुन्छ । नामरूप दुवै मिथ्या हुन् बदली रहन्छन् । जो नामरूपमै अड्केको छ । त्यो मूढ हो, त्यसलाई टाढाबाट नमस्कार गर्नु, त्यहाँ सत्य धर्म र शान्ति छैन । म शाहन्शाह हुँ । समग्र सृजन मेरो सेवक हो । मलाई केही चाहिएन । भाग्यले आवश्यक चीज ल्याएर दिन्छ । हिजो भोलि या आजको थाहा छैन । म, अहिले, यहीँ पूर्णमा बाँच्दछु । मेरो साथमा परम छ, एकान्त छ, शान्ति छ, सन्तोष छ, त्याग छ, वैराग छ, विवेक छ, प्रज्ञा छ, सत्य सम्मान, धन, जमीन चाहन्नँ । सत्यलाई राजाले केही दिन सक्तैनन् । राजाले केवल नाशवान् चीज दिन सक्ने हुन् । ती चीज सत्यलाई चाहिएनन् । सत्यले राजालाई अनमोन, अनगिन्ती चीज दिन सक्छन्, ज्ञान दिन सक्छन्, प्रेम, शान्ति, वैराग्य दिन सक्छन्, परन्तु एक शर्त छ राजाले सबै अभिमान छोडेर सद्गुरुको शरणागति लिनुपर्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













