• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै

by
२६ असार २०८०,
0
आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चालु आर्थिक वर्षको ११ महिनामा ८३ हजारभन्दा धेरै नागरिकले सेवा लिएका छन् । केन्द्रले सोमबार आयोजना गरेको आयुर्वेद सेवा प्रवर्द्धनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सार्वजनिक गरिएको जेठ मसान्तसम्मको तथ्याङ्कका अनुसार २०७९ साउनदेखि २०८० जेठसम्म ८३ हजार तीन सय ७९ जना सेवाग्राहीले सेवा लिएका हुन् ।

स्वास्थ्य केन्द्रमा उपचार गराउन आएका बिरामीले १० प्रकारका सेवा लिएका केन्द्रकी प्रमुख डा कोपिला अधिकारीले बताए । केन्द्रबाट ५० हजार आठ सय ३३ जनाले बहिरङ्ग चिकित्सा, नौ हजार छ सय ६३ जनाले पूर्वकर्म-पञ्चकर्म, छ हजार छ सय ८० जनाले ज्येष्ठ नागरिक सेवा, छ हजार तीन सय ९४ जनाले नागरिक आरोग्य स्वास्थ्य सेवा, पाँच हजार एक सय ३७ जनाले योग सेवा, दुई हजार आठ सय ५९ जनाले ल्याब सेवा, एक हजार २९ जनाले स्तनपायी आमा तथा शिशु सेवा, चार सय ९१ जनाले अकुपन्चर सेवा, दुई सय ३० जनाले फिजियोथेरापी सेवा र ६३ जनाले अल्ट्रासाउन्ड सेवा लिएको डा अधिकारीले बताए ।

हाल रत्ननगर नगरपालिकामै आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालनमा रहेको उनले जानकारी दिए । भरतपुरमा बागमती प्रदेश सरकारको लगानीमा ५० शय्याको आयुर्वेद अस्पताल सञ्चालनका लागि भवन निर्माण सुरु भइसकेको उनको भनाइ छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम करिब २० प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिए ।

चालु आव २०७९/८० मा आयुर्वेद अस्पताल निर्माणका लागि रु चार करोड बजेट विनियोजन भएर काम भइरहेको भन्दै डा अधिकारीले बागमती प्रदेश सरकारले आगामी आव २०८०/८१ मा उक्त भवनका लागि पुनः रु तीन करोड ५० लाख बजेट विनियोजन गरको जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पतालको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिब रु १३ करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाममा रहेको खाली जग्गामा आयुर्वेद अस्पतालको भवन बनिरहेको छ । नयाँ भवनमा अस्पतालको शय्याका अतिरिक्त थेरापी शय्या, योगहल, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे कक्ष रहने प्रमुख डा अधिकारीले जानकारी दिए ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयुर्वेद चिकित्सा कोरोना भाइरसको प्रकोपपछि अझ प्रभावकारी बनेको बताए । “आयुर्वेदलाई पहिला कागजमा औषधि पोका पारेर दिने भन्ने बुझिन्थ्यो”, उनले भने , “तर आयुर्वेद त्यत्तिमा मात्रै सीमित होइन, यसले विश्वव्यापी प्रभाव जमाइसकेको छ ।” रत्ननगरमा सञ्चालनमा आएको आयुर्वेद स्वास्थ्य केन्द्रमा नागरिकको आकर्षण बढ्दै गइरहेको भन्दै उनले धेरै नागरिकले लाभ लिनसक्ने गरी सेवा विस्तार गरिँदै आएको बताए ।

केन्द्रका सूचना अधिकारी डा देवेन्द्रकुमार यादवले आयुर्वेदिक औषधिको सही तरिकाले सेवन नगरे त्यसले असर गर्ने बताए । आयुर्वेद चिकित्साबारे आम जनतालाई बुझाउनु आवश्यक रहेको यादवको भनाइ छ । आयुर्वेद मूल उपचार पद्धति भएको जनाउँदै उनले आधुनिक चिकित्सा पद्धतिको विकाससमेत आयुर्वेदबाट भएको बताए ।

Previous Post

आईएससँग सम्बन्ध रहेको आशङ्कामा बाइस जना पक्राउ

Next Post

पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’

सम्बन्धित खबर

बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’

पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In