सत्य सबैका हृदयमा छ, नाशवान्को आसक्ति र मिथ्याको विश्वासका भ्रमले, ढाकिएर, दबिएर सत्य उम्रन सकेको छैन । सत्सङ्ग, विवेक, त्याग, वैरागद्वारा साफ सफाई गरी सत्यलाई उम्रनी अवसर देऊ । उम्रेपछि हुर्काउनका लागि, सरलता, नम्रता, सजगताको सहयोग र सावधानी चाहिन्छ । सत्य हुर्केपछि, मौन, शान्ति, नित्य, नूतनता, अमरताको सुवास, प्रकाश, स्वाद स्वतः प्राप्त हुन्छ ।
त्याग, सावधानी, नम्रता अगाडिकाले कुराकानी गर्दा यस्तै रहेछ भनेर सुन्न नसके उसले भनेका शब्दमा विक्षिप्त भएर लामो व्याख्या गर्ने आवश्यकता छैन । यो सुन्नेवालाको प्रतिजवाफ दिने बानी छ भनेर जानेपछि विवाद किन बढाउनु ? आपूmले भनेको सन्दर्भ अगाडिको मान्छेले बुझेन–सम्झाउने अहङ्कार किन आउनु ? यो अहङ्कार आउनु नै संसारीपना हो, यहाँबाट व्यर्थ चर्चा प्रारम्भ हुन्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













