• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

    नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जयपृथ्वी राजमार्गः दैनिक पहिरो, यात्रु सास्तीमा

by
२४ असार २०८०,
0
जयपृथ्वी राजमार्गः दैनिक पहिरो, यात्रु सास्तीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी– बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावर, ज्यापु, ढोल्यामोड, मोतीनगरसहित विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ ।

बझाङ जिल्ला जोड्ने र बैतडीका पनि सिगास, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका पनि यही राजमार्ग भएर जानुपर्दछ । यही असार १० गतेदेखि हालसम्म उक्त राजमार्ग पाँचपटक बन्द भइसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । दिनमा सयौँ गाडी आवतजावत गर्ने राजमार्ग बेला–बेलामा अवरुद्ध हुने गर्नाले समस्या हुने गरेको यात्रुहरूले बताएका छन् ।

यो राजमार्गको घुम्ती कटिङ गरेर स्तरोन्नतिको काम सञ्चालन भएकाले झनै समस्या भएको छ । घुम्ती कटिङ गरेका स्थानमा पानी परेपछि पहिरो गएका छन् । प्रहरी निरीक्षक जोशीले भने, “घुम्ती कटिङ र स्तरोन्नतिको काम भएकाले बेला–बेला राजमार्ग अवरुद्ध हुने गरेको छ, हामीले बन्द भएको जानकारी पाउनसाथ खुलाउने प्रयास गर्छौं । जेसिबी पनि राजमार्गमै तयारी अवस्थामा राखेका छौँ ।”

बेला–बेलामा पहिराले राजमार्ग अवरुद्ध हुँदा सास्ती हुने गरेको सिगास गाउँपालिका–९ जालहाल्लाका लक्ष्मी चन्दले बताए । उनले भने “गत वर्षहरूमा पनि बर्सातको समयमा पहिरो बेला–बेला जाने गरेको थियो, यो वर्ष घुम्ती कटिङको काम चलिरहेकोले झनै गइरहेका छन् ।”

पहिराले घन्टौँसम्म सडक अवरुद्ध हुँदा आकस्मिकरूपमा यात्रा गरिरहेका यात्रुलाई बढी समस्या हुने गरेको छ । उनले भने, “बर्सातमा सधैँ पहिरो जाने हुँदा यात्रा गर्दा निकै डर लाग्ने गरेको छ । बिरामी र आकस्मिक यात्रा गर्नेलाई झनै समस्या हुन्छ ।”

लगातारको वर्षाका कारण राजमार्गअन्तर्गत ज्यापुमा सडक माथिबाट ठूलो ढुङ्गा खसेपछि असार १७ गते राति बन्द भएको सडक १८ गते बिहानदेखि सञ्चालन भएको थियो । यसअघि असार १७ गते पनि सोही राजमार्गको सुर्नगा गाउँपालिका–८ ढोल्यामोड र सुर्नया गाउँपालिका–६ मोतीनगरमा पहिरो खसेर अवरुद्ध भएको थियो । असार १६ गते पनि सो राजमार्गअन्तर्गत बैतडीको सुर्नया–८ आलुगैरामा, असार १४ गते पाटन नगरपालिका–८ ज्यापुमा, असार १० गते सिगास गाउँपालिका–९ श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो ।

वर्षाको समयमा यात्रा गर्न समेत डर लाग्ने गरेको बझाङ बित्थडचिर–१ का राम बोहराले बताए । उनले भने, “साँघुरो सडक त्यसैमा बेला–बेला पहिरो खसिरहनाले घन्टौँ बीच बाटोमै बस्नुपर्छ, यात्रा गर्न निकै डर लाग्छ ।” बेला–बेलामा खस्ने पहिराको दीर्घकालीन समाधानका उपाय खोज्न यात्रुको माग छ ।

सडक अवरुद्ध भएमा तुरुन्तै सञ्चालनका लागि डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको र दीर्घकालीन समाधान घुम्ती सुधार गरी स्तरोन्नतिको काम सम्पन्न भएपछि मात्रै हुने सडक डिभिजन कार्यालय पाटनले जनाएको छ ।

Previous Post

बैंकमा किन थुप्रियो पैसा ?

Next Post

१३ महीनायताकै उच्च विन्दुमा बिट्क्वाइन

सम्बन्धित खबर

नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र
आर्थिक

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

१७ साउन २०८३,
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
आर्थिक

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

१७ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

१७ साउन २०८३,
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
Load More
Next Post
१३ महीनायताकै उच्च विन्दुमा बिट्क्वाइन

१३ महीनायताकै उच्च विन्दुमा बिट्क्वाइन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In