काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेको तर्फबाट सुनसरी जिल्ला क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा हिमालपोष्ट डट कममा प्रकाशित ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको हो ।
उनलाई २४ घण्टाभित्र निर्वाचन आयोगको केन्द्रीय कार्यालय वा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा स्पष्किटरण पेश गर्न आयोगले निर्देशन दिएको हो ।













