• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा पर्यटकीय राजधानी हुन्छ – मुख्यमन्त्री

by
२१ असार २०८०,
0
पोखरा पर्यटकीय राजधानी हुन्छ – मुख्यमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक एवं सुन्दर नगरी पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं संस्थापना दिवस तथा २६ औं वार्षिक उत्सव कार्यक्रमलाई आज (बुधबार) सम्वोधन गर्दै मुख्यमन्त्री पाण्डेले त्यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न प्रचुर सम्भावना भएकै कारण आफ्नो ध्यान पोखरालाई पर्यटकीय राजधानी बनाउने तर्फ केन्द्रित रहेको भनाई उहाँको थियो । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पोखराका नौ वटै तालको संरक्षण गर्दै ती तालहरुलाई पर्यटकीय रुपमा विकास गर्ने लक्ष्य आफ्नो रहेको कुरा उहाँले सुनाउनुभयो ।

पर्यटकलाई आकर्षण गर्न पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान भर्नका लागि छिमेकी मुलुक भारत र चीनसँग प्रधानमन्त्री स्तरवाट पहल गर्न आफूले प्रधामन्त्रीलाई आग्रह गरेको जानकारी उहाँले दिनुभयो । गण्डकी प्रदेशको विकासका लागि पर्यटन क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाहरु उद्योग वाणिज्य संघ लगायतका सरोकारवालासँग सामुहिक कार्यक्रम संचालन गरी समस्याको पहिचान गर्दै यहाँको पर्यटन व्यवसायलाई लयमा फर्काउने सोँचमा आफू रहेको उहाँले सुनाउनुभयो ।

उहाँले आजै लेखनाथ उद्योग वाणिज्य संघद्धारा बेगनास ताल छेउमा निर्मित ‘बेगनास लेक ’ लेखिएको लेटर बोर्डको अनाबरण समेत गर्नुभयो । सोही अवसरमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले पोखरा र लेखनाथ बीचमा देखिएको असमझदारीलाई अन्त्य गर्दै पोखराको विकासका लागि सामुहिक भावनाले अगाडि वढ्न अनुरोध गर्नुभयो । विकास निर्माणका साथै नीति निर्माण र बजेट विनियोजनमा लेखनाथ र पोखराका वडाहरुका बीच कुनै भिन्नता नभएको जिकिर उहाँको छ ।

पोखरा महानगरपालिकाको वडा नंं ३३ र तनहुँको शुक्लागण्डकी नगरपालिकाको केही भू–भागलाई समेटर पँुडिटारमा नयाँ औद्योगिक क्षेत्र निर्माणको कार्य यसै वर्षदेखि कार्य सुरु गरिने जानकारी प्रमुख आचार्यले दिनुभयो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेउवा संघ उद्योग व्यवसायीको संस्थामात्र नभई सवै जातजाति, सामाजिक संघ संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्था रहेको दावी गर्नुभयो । लेखनाथ उद्योग वाणिज्य संघले यस क्षेत्रमा पर्यटन विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग हातेमालो गर्दै विकासका योजना संचालन गर्न चाहेको उहाँको भनाई छ ।

लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्ष चतुराखर अधिकारी, वागलुङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेल, लेउवा संघका उपमहासचिव जानुका पराजुली लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।

संघले स्थापना दिवसको अवसर पारी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत पोखरा–३२ को श्री राधाकृष्ण वृद्धाश्रमलाई रु १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न आश्रमका अध्यक्ष प्रेम लिगललाई, रकम हस्तान्तरण गरेको थियो । त्यसैगरी संघलाई सहयोग गर्ने त्रिभुवन शान्ति माविलाई रु ५० हजार रुपैयाँ र व्यवसाय प्रर्वद्धन तथा संर्भेक्षण कार्यका लागि त्रिवेणी इन्टरनेशनल कलेजलाई रु ५० हजार, व्यवसायी कल्यणकारी कोष अन्तर्गत आगलागीबाट क्षति भोगेका संघका सदस्य शोभामोहन सुवेदीलाई रु. ५० हजार, पावरहाउस बजार व्यवस्थापन समितिलाई उज्यालो कार्यक्रमका लागि रु ४० हजार प्रदान गरिएको थियो ।

सोही अवसरमा संघद्धारा प्रदान गरिने एक लाख एक हजार रुपैयाँ बराबरको नगद पुरस्कार राशी रहेको चन्द्र लक्ष्मी ज्येष्ठ नागरिक सम्मान पुरस्कारबाट ज्येष्ठ नागरिकको क्षेत्रमा कार्य गर्दै आउनुभएका पोखराका समाजसेवी भक्तराज श्रेष्ठलाई सम्मान गरिएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको संचालन संघका महासचिव उपेन्द्रराज सुवेदीले गर्नुभएको थियो ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

चुट्किलाः घर जानुपर्छ

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः घर जानुपर्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In