काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का महानिर्देशक प्रदीप अधिकारीले स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकोतर्फबाट मन्त्री किरातीले एक हप्ताकाको समय दिँदै गत असार ११ गते ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।
महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए । तर, महानिर्देशक अधिकारीले उक्त स्पष्टीकरणको कुनै जवाफ नदिने अडानमा छन् ।













