१. शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग, व्यवस्थापन समितिमा को अध्यक्ष रहने व्यवस्था छ ?
– शिक्षा सचिव
२. शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग जिल्ला कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
— जिल्ला शिक्षा अधिकारी
३. शिक्षा सिकाइ प्रक्रियामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षामा अभिवृद्धि गर्ने जिम्मेवारी कसको हो ?
– विद्यालय
४. विद्यालय तहको शिक्षामा कहिलेदेखि कम्प्युटर प्रविधि समावेश गरिएको थियो ?
– २०४९ ।
५. नेपालको वर्तमान संविधानको कुन धारामा सञ्चारको हकको व्यवस्था छ ?
– धारा १९
६. नेपालको वर्तमान संविधानमा सूचनाको हक कुन धारामा रहेको छ ?
– धारा २७
७. मुलुकभरी सूचना तथा सञ्चार सञ्जाल स्थापना गरी सूचनाको माध्यमबाट आर्थिक विकास, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा टेवा पु¥याउने कुरा चौधौँ योजनाको कुनमा उल्लेख थियो ?
– लक्ष्य
८. सूचना तथा सञ्चार प्रविधिलाई नवीनतम, भरपर्दाे, गुणस्तरीय र पहुँचयोग्य बनाई राष्ट्रको समष्टिगत विकासमा योगदान पु¥याउनु भन्ने कुरा चौधौँ योजनाको कुनमा उल्लेख थियो ?
– उद्देश्य
९. वि.सं. २०५७ मा जारी गरिएका सूचा प्रवधि नीतिलाई परिमार्जन गरी कुन नीति ल्याइएको थियो ?
– सूचना प्रविधि नीति २०६७
१०. विश्वमा सबैभन्दा भन्दा बढी कम्प्युटर भएको देश कुन हो ?
– संयुक्तराज्य अमेरिका
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













