• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

by
१९ असार २०८०,
0
बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट । बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी गरेको थियो ।

बालबालिकालाई पूर्ण खोपको रूपमा लिन १५ महिनाभित्रै १३ प्रकारका खोप लगाइसक्नुपर्ने व्यवस्थाअनुसार बागलुङ जिल्ला पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको हो । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव तथा खोप समन्वय समितिका अध्यक्ष विनोद बिन्दु शर्माले पूर्णखोप जिल्ला घोषणा गरेका हुन् ।

सो अवसरमा उनले स्वास्थ्यकर्मीको निरन्तरको मेहनतका कारण बागलुङ पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा भएको र छिट्टै गण्डकी प्रदेशलाई पूर्णखोप सुनिश्चिता प्रदेश घोषण गरिने जानकारी दिए । उनले गण्डकी प्रदेशको स्वास्थ्य प्रणाली देशमै उत्कृष्ट हुनुमा स्वास्थ्यकर्मीको ठूलो सहयोग रहेको जनाउँदै स्वास्थ्य सेवा सँगसँगै स्वास्थ्यकर्मीको व्यवहारसमेत सेवामैत्री हुन आवश्यक रहेको बताए ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ मा खोप सेवालाई आधारभूत निःशुल्क स्वास्थ्य सेवाको सूचीमा दर्ता भएसँगै खोप ऐन, २०७२ तथा नियमावली, २०७४ र प्रदेश खोप ऐन, २०७५ ले गुणस्तरीय खोप सेवा सुनिश्चितताका लागि तय गरिएको कानुनी प्रावधानअनुसार बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको जनाइएको छ । पन्ध्र महिनाभित्रै पूर्णखोप नलिएका बालबालिकालाई पाँच वर्षभित्रको उमेरमा खोप लगाइसकेपछि पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए ।

‘बागलुङ जिल्लामा एक सय ८३ खोप केन्द्रबाट प्रत्येक महिना एक सय ९३ खोप सेसनद्वारा निरन्तर खोप कार्यक्रम गरिएको छ । हरेक बालबालिकाले जन्मपश्चात् पोख लगाउन पाउनु नैसर्गिक अधिकारको सुनिश्चितता गर्नु तथा गुणस्तरीय र प्रभावकारी खोप सेवा लक्षित वर्गमा पुर्‍याउनु हाम्रो जिम्मेवारी हो’, उनले भने, ‘जिल्लामा २०६७ सालबाट पूर्णखोप कार्यक्रम थालनी भएको र २०७५ असार २५ गते पूर्णखोप जिल्ला घोषणा भएको थियो । त्यसको दोस्रोरूपमा जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा अहिले घोषणा गरिएको छ ।’ उनका अनुसार घोषणा हुँदा पूर्णखोप पाइसके पनि दिगोपनाको सुनिश्चितता नभए पनि अबदेखि पूर्णखोपमात्रै नभएर पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको हो ।

बागलुङमा गत माघदेखि जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी घर–घरमा गई खोप छुट भएका पाँच वर्षमुनिका बालबालिकाको खोजी गरी भेटिएका बालबालिकालाई खोप लगाउने कार्य भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको हो ।

बागलुङ जिल्लाका १० स्थानीय तहका सम्पूर्ण वडा, पालिका पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषण गरिएको हो । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाको रोहबरमा जिल्लाका जन्मेदेखि १५ महिनासम्मका बालबालिका चार हजार छ सय ७७ र १५ देखि ५९ महिनाका १० हजार तीन सय १८ बालबालिकाले पूर्णखोप प्राप्त गरेपछि बागलुङ पूर्णखोप सुनिश्चिता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको हो ।

तेह्र क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखला, लहरेखोकी, धनुष्टङ्कार, पोलियो, स्टेपटोकोकस निमोनिया, भ्यागुते रोग, हेपाटाइटिस बी, मेनेन्जाइटिस, दादुरा, रुवेला, जापानिज इन्सेफ्लाइटिस र टाइफाइडको खोप लगाइने गरिएको छ । यी सबै रोगबाट बच्नका लागि पूर्ण खोपको आवश्यकता हुने स्वास्थ्यकर्मीको भनाइ छ । पूर्णखोप सुनिश्चिता दिगोपना जिल्ला घोषणा कार्यक्रमलाई दिगोपनामा जोड दिनुपर्ने बागलुङका स्थानीय तहका प्रमुखले प्रतिबद्धता जनाएका थिए ।

Previous Post

प्लेअफको फाइनलमा नेपाल र आयरल्याण्ड भिड्दै

Next Post

खप्तड बाबाका केही अमर वाणीहरु

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
सनातन शब्दको अर्थ हो सधैँ वर्तमान र निश्चल –खप्तड बाबा

खप्तड बाबाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In