• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    सुदूरपश्चिम प्रदेशः पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्

    बडीमालिका मुख्य पूजासहित मेला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भोजपुरको छाँगे झरना ओझेलमा

by
१८ असार २०८०,
0
भोजपुरको छाँगे झरना ओझेलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर। भोजपुरको एक सय ३९ मिटर अग्लो छाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचारप्रसारको अभावले ओझेलमा परेको हो ।

प्राकृतिकरुपमा मनोरम रहेको यो जिल्लाको सबैभन्दा अग्लो झरना हो । माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ ।

स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । देश तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयको बुझाइ छ ।

झरनाको विकासका लागि षडानन्द नगरपालिका तथा प्रदेश १ सरकारको लगानीमा त्यहाँ पुग्नको लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ । भौगोलिकरुपमा विकट ठाउँमा झरना रहेकाले मानिसको उपस्थिति कम हुने गरेको छ ।

यहाँ भदौ पूर्णिमा र वैशाख पूर्णिमा गरी दुई पटक मेला लाग्ने भए पनि अन्य समयमा पनि भरना हेर्न तथा त्यहाँ रहेको धामको दर्शन गर्न मानिस पुग्ने गरेका छन् ।

झरनास्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा वस्नका लागि फलैँचासमेत निर्माण गरिएको स्थानीयको भनाइ छ । झरना आसपासमा बस्न तथा खानको लागि उचित प्रबन्ध नहुँदा समस्या हुने गरेको छ ।

सुन्दरताको चिनारी बनाएको धार्मिकरुपमा समेत महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ । यहाँ रहेको छाँगे धाममा दर्शन गरेमा चिताएको काम पूरा हुने तथा रोगव्याधि निको हुने जनविश्वास रहेको छ ।

झरनालाई विकास गर्दै पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्गमा व्यवस्थित गर्नसके पर्यटकलाई आउन सहज हुने स्थानीय इन्द्रप्रसाद धमलाले बताए । प्रकृतिले सुन्दर उपहार दिएको भए पनि यसबाट लाभ लिन नसेकेको उनको भनाइ छ ।

पर्यटकीयसँगै सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ । राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ छ । ओझेलमा परेका यस्ता पर्यटकीयस्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय शङ्खरप्रसाद राईले बताए ।

छाँगे झरनालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रुपमा स्थापित गराउने उद्देश्य रहेको षडानन्द नगरपालिकाले जनाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर नगरपालिकासँगै केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।

Previous Post

इजराइलद्वारा प्यालेस्टायनविरुद्ध ठूलो सैन्य कारवाही शुरु

Next Post

भारतको असाम राज्यद्वारा कृषि विकासलाई बढावा दिनको लागि सम्झदारी पत्रमा हस्ताक्षर

सम्बन्धित खबर

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
जीवन शैली

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

११ भदौ २०८३,
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
आर्थिक

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

११ भदौ २०८३,
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा
आवाज

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

११ भदौ २०८३,
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आर्थिक

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
सुदूरपश्चिम प्रदेशः पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्
आवाज

बडीमालिका मुख्य पूजासहित मेला

११ भदौ २०८३,
Load More
Next Post
भारतको असाम राज्यद्वारा कृषि विकासलाई बढावा दिनको लागि सम्झदारी पत्रमा हस्ताक्षर

भारतको असाम राज्यद्वारा कृषि विकासलाई बढावा दिनको लागि सम्झदारी पत्रमा हस्ताक्षर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In