पत्नी— तिमीलाई मेरो सारी भड्किलो लाग्यो ?
पति — हो, अब जाऊँ हामीलाई पहिले नै ढिलो भइसकेको छ ।
पत्नी — एकैछिन पर्ख । आजकाल भड्किलो सारीको फेशन चलेको छैन, म अर्काे सारी लगाएर आउँछु ।
झिँगाले जिस्क्याउँदै
एउटा झिँगाले एक जना तालुखुइले मानिसको नाँगो टाकोमा टोक्न थाल्यो । मानिसले झिँगालाई मार्ने नियतले जोडले हिर्काउँदा आफ्नै टाउकोमा नोट पु¥यायो । चोटबाट जोगिएको झिँगाले जिस्क्याउँदै भन्यो, ‘तिमीले कोसँग बदला लिन खोजेको ? एउटा सानो किरासँग ?
तालुखुइलेले जवाफ दियो,–‘आफूले आफैलाई चोट पु¥याउने मेरो नियत थिएन । यसैले मलाई कुनै चिन्ता छैन । तर मानिसको रगत चुस्दा रमाउने तँ दुष्ट कीरालाई मार्न पाए म कस्तो खुशी हुन्थें । आफैंलाई चोट भए पनि तँलाई मार्न पाए हुन्थ्यो ।’
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













