बस्दाखेरी गोेडो हल्लाउनुलाई खासै वास्ता गरिँदैन । केही मानिसको बानीकै रुपमा गोडो हल्लाइरहेको जस्तो लाग्छ । तर गोडो जति हल्लायो अझ हल्लाइरहन मन लाग्नु यो रेस्टलेस सिन्ड्रोमको लक्षण हो । यो एक स्नायु प्रणालीको रोग हो । गोडो हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन आउन थाल्छ जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लाग्छ । डोपामाइनले सुखको अनुभूति दिलाउँछ ।
शरीरमा आइरनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ । यसको असर ३५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरूमा र गर्भवती महिलाहरूमा डेलिभरीको अन्तिम दिनहरूमा हर्मोनमा परिवर्तन आएका कारण पनि यो समस्या देखिन्छ । अत्यधिक रक्सी सेवन, रुघा र एलर्जीको औषधि खाँदा पनि यो सिन्ड्रोमको सम्भावना बढ्छ ।
यो गोडा हल्लाउने बानीबाट छुटकारा पाउनका लागि जीवनशैली राम्रो बनाउनुको साथै केही अन्य कुरामा ध्यान पनि दिनुपर्छ ।
– मद्यपान तथा धुम्रपान छोड्नुपर्छ र दिनदिनै पर्याप्त मात्रामा आराम गर्ने र समयमै सुत्ने गर्नुपर्छ ।
– राति सुत्नुअघि गाईको दूध तताएर त्यसमा अलिकति जाइफल हालेर पिउनाले राम्रो निद्रा लाग्छ । सुत्नुअघि तेल लगाएर गोडामा मालिश गर्नाले आराम मिल्छ ।
– योगमार्फत तपाईं अस्थिर गोडालाई आराम दिन सकिन्छ । नियमित योग गर्नाले राम्रो निद्रा लाग्छ र मूड पनि सही हुन्छ । रेस्टलेस लेग सिन्ड्रोम जस्ता समस्याबाट बच्न वृक्षमुद्रा लगायतका योगासन गर्न सकिन्छ ।












