एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ
ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे ।
भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ?
ज्योतिष: Biology को Practical Lab मा
भ्यागुता त ठाउँको ठाउँ बेहोश ।
कस्नै हाफ टाईम लाग्छ
एक चोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ ।
हाफ ट्याममा जनावहरुले ६ गोल गरेछन् तर किराहरुले भने गोलै गर्न सकेनछन् ।
दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे ल्याएछ ।
अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२–६ मा खेल जितेछन् ।
खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधेछन् ‘कोच ज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको ?
पहिल्यैबाट खेलाउने मन त मलाई पन थियो भाइ, तर के गर्ने, विचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













