• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडानः व्यवसायी भन्छन्-नियमित होस्

by
६ असार २०८०,
0
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडानः व्यवसायी भन्छन्-नियमित होस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरेलीको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ रु २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग उद्घाटन पनि भयो । यो खुसीलाई साट्न पोखरेलीहरु विमानस्थलमा खचाखच भरिए । उनीहरुले मन फुकाएर स्वागत पनि गरे ।

तर, विमानस्थल उद्घाटन भएपनि अन्तर्राष्ट्रिय उडानका लागि भने अर्को करिब ६ महिना कुर्नुपर्यो । उद्घाटनयता आन्तरिक उडान मात्रै भइरहेको विमानस्थलमा बुधबार बिहान पहिलो अन्तर्राष्ट्रिय उडान भयो । उद्घाटनमा जस्तै पोखरेलीले खुला हृदयले स्वागत गरे ।

चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्स आज विहान ९ः०६ बजे अवतरण हुँदा ‘वाटर क्यानन सल्युट’ले स्वागत गरियो । पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा ८४ जना यात्रु बोकेर आएको १३१ सिट क्षमताको चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरु बाजागाजासहित विमानस्थल पुगेका थिए । विमानका यात्रुहरुलाई पर्यटन व्यवसायीले माला र खादाले स्वागत गरे । उनीहरुलाई नेपाली ढाका टोपी लगाएर आतिथ्यता दर्शाए ।

यद्यपि पोखरेली र यहाँका पर्यटन व्यवसायी अझै पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ भन्नेमा ढुक्क हुन नसकेपछि आशा भने पलाएको छ । उनीहरुले ढिलै भए पनि चार्टर्ड उडान हुुनुलाई सकारात्मक सुरुवातका रुपमा । यसले छिमेकी देशमा नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुल्नेमा उनको विश्वास छ ।

पहिलो चार्टर्ड उडान सुरु भएको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विमानस्थल निर्माणमा चीन सरकारले खेलेको भूमिकाको उच्च सम्मान गर्दै विमानस्थल निर्माणदेखि अहोरात्र खटिनेप्रति धन्यवाद व्यक्त गरे । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा आज अन्तर्राष्ट्रिय विमान अवतरण हुनुु समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि राम्रो सुरुवात हो’, उनले भने ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडानपछि आगामी दिनमा यसलाई नियमित गर्नेतर्फ सम्बद्ध सरकारी निकाय लाग्न सुझाव दिए । उनले चिनियाँ शहर तथा प्रान्तबाट सिधा उडानका लागि हालै गरिएको संसदीय प्रतिनिधिमण्डलको भ्रमणमा सम्बद्ध अधिकारीसँग छलफल भएको बताए ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध युगौंँदेखि रहँदै आएको उल्लेख गर्दै सगरमाथालाई शान्ति र मित्रताको प्रतिकका रुपमा लिने गरिएको बताए । राजा अंशुवर्माकी छोरी भृकुटी तिब्बती राजा स्रोङचङ गम्पोसँग बिहे गरी गएको उल्लेख गर्दै उनले नेपालीले चिनियाँ नागरिकलाई पाहुना मात्रै नभइ अत्यन्त नजिकको नाता सम्बन्धका रुपमा लिने गरेको बताए ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गराइएको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र चीनबीचको पुरानो सम्बन्धलाई अझै मजबुद बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै गण्डकी प्रदेशमा रहेको कोरला नाकालाई सहज बनाउँदै व्यापारिकसम्बन्ध बढाउन चाहेको बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पोखराको पर्यटकीय गतिविधि बढाउनका लागि यहाँ अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको बताए ।

पोखरा विमानस्थल सञ्चालनको लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालय दबाबमा परेको उनको भनाइ थियो । उनले अन्तर्राष्ट्रिय चार्टर्ड उडानले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गर्न बल पुग्ने धारणा राखे । उनले भने, ‘यहाँबाट नियमितरुपमा भारत तथा चीनका विभिन्न शहरमा उडानका लागि आजको उडानले सहयोग पुग्नेछ ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्तर्राष्ट्रिय उडानका माध्यमबाट आफूहरूले पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न चाहेको बताए । आगामी दिनमा चीनका विभिन्न शहरबाट पोखरामा सिधा उडान हुने विश्वास व्यक्त गर्दै उहाँले तालैतालको सुन्दर शहर पोखराको भ्रमणका लागि आग्रह गरे ।

‘उडानलाई नियमित हुनुपर्छ’

बुधबार भएको चार्टर्ड उडानसँगै वर्षौदेखि आँगनमा अन्तर्राष्ट्रिय उडानमार्फत विदेशी पर्यटक ओराल्ने सपना पूरा भएको पोखरेली पर्यटन व्यवसायीले बताएका छन् । उडानलाई नियमित गर्नेतर्फ लाग्नु जरुरी भएको बताउँदै व्यवसायीहरूले यसमा राज्यस्तरबाट चासो दिइनुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले चार्टर्ड उडानले व्यवसायी उत्साहित भएको बताउँदै ढिलै भएपनि अन्तर्राष्ट्रिय उडान हुनु पोखरा र समग्र गण्डकीका लागि खुसीको खबर भएको बताए ।

भण्डारीले भने, ‘सुरुआतमा चार्टर्ड उडान सञ्चालन भएपनि हामी उत्साहित छौँ । नियमित उडान गर्न ढोका खुलेको छ । पोखरामा अन्तर्राष्ट्रिय उडान भयो भन्ने सन्देश सबैतिर गएको छ । यसले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाईसमेत ध्यान आकृष्ट गर्नेछ, नियमित उडानको ढोका खुल्ने विश्वासमा हामी छौँ ।’

Previous Post

युवा उद्यमशीलता नीतिमाथि छलफल

Next Post

विवाहको ११ वर्षपछि बुवा बने अभिनेता राम चरण

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
विवाहको ११ वर्षपछि बुवा बने अभिनेता राम चरण

विवाहको ११ वर्षपछि बुवा बने अभिनेता राम चरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In