• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    हिमपातले किसानलाई राहत

    हिमपातले किसानलाई राहत

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड

by
६ असार २०८०,
0
हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनहरी । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४र७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो ।

संस्थाका अनुसार उद्योग हालसम्म ९० करोडको घाटामा चलिरहेको छ । आव २०७४/७५ मा उद्योगले एक लाख नौ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यसमा एक लाख छ हजार तीन सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो भने एक अर्ब ६८ करोड ३८ लाख ६४ हजार नौ सय १७ आम्दानी गरेका थियो भने एक अर्ब ५२ करोड २६ लाख एक हजार चार सय १८ खर्च भई १६ करोड ३६ लाख तीन हजार चार सय ९९ नाफा कमाएको थियो । यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्याङ्क छ ।

आव २०७५र७६ मा उद्योगले एक लाख नौ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा एक लाख चार हजार पाँच सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा एक अर्ब ६४ करोड २० लाख १८ हजार तीन सय १८ आम्दानी गरेकामा एक अर्ब ६५ करोड २५ लाख ५९ हजार चार सय ५४ खर्च भई एक करोड पाँच लाख ४१ हजार एक सय ३६ नोक्सानी व्यहोरेको थियो ।

त्यसपछि आव २०७६/७७ मा उद्योगले ८१ हजार नौ सय ८९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ७२ हजार सात सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब एक करोड तीन लाख तीन हजार पाँच सय ४३ आम्दानी गरेकोमा रु एक अर्व २४ करोड ८५ लाख २७ हजार पाँच सय ५१ खर्च भई रु २३ करोड ८२ लाख २४ हजार उद्योगलाई घाटा भएको थियो ।

यस्तै आव २०७७र७८ मा उद्योगले ८९ हजार दुई सय २५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ९२ हजार छ सय ८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा रु एक अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ आम्दानी गरेकामा एक अर्ब ३९ करोड ५२ लाख ८८ हजार सात सय ११ खर्च १७ करोड चार लाख ४० हजार छ सय ६९ उद्योगलाई घाटा भएको थियो ।

यसैगरी, आव २०७८र७९ मा उद्योगले ८५ हजार दुई सय ५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ८० हजार छ सय ९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब चार करोड ३४ लाख ८६ हजार दुई सय ९५ आम्दानी गरेकामा रु एक अर्ब २७ करोड ८९ लाख ९७ हजार दुई सय ६४ खर्च भई २३ करोड रु ५५ लाख १० हजार नौ सय ६९ उद्योग घाटामा गएको थियो ।

यस्तै, आव २०७९/८० मा रु एक अर्ब दुई करोड ३९ लाख ८४ हजार आठ सय ४० आम्दानी गर्न सफल रहेको उद्योगले रु एक अर्ब १३ करोड ५५ लाख ४८ हजार दुई सय ३५ खर्च गरेको थियो । यो आवमा उद्योगलाई ११ करोड १५ लाख ६३ हजार तीन सय ९५ घाटा भएको महाप्रबन्धक पाण्डेले बताए ।

उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ । महाप्रबन्धक पाण्डे उद्योगलाई गतिशील बनाउन आफूले योजना उद्योग मन्त्रालयमा प्रस्तुत गरे पनि कुनै जवाफ नआएका कारण अगाडि बढ्न कठिन भएको बताउछन् । उनका अनुसार उद्योगमा ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजार लगायतका समस्या छन् ।

उद्योगले एक महिनापछि यही सोमबारदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरेको छ । अब तीन महिनाका लागि उद्योगमा कच्चापदार्थ तयारी रहेको बताउँदै तीन महिनाको उत्पादनले उद्योग बन्द भएको बेला धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । महाप्रबन्धक पाण्डेका अनुसार अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उद्योगबाट उत्पादन तथा बिक्री भइरहेको र उद्योगमा ३० हजार मेट्रिक टन सिमेन्ट भण्डारण रहेको छ । उद्योगमा पहिलेदेखिकै ३० करोडभन्दा बढी कोइला खरिद तथा कर्मचारी निवृत्तिभरण बापतको ऋण भएकाले त्यसलाई घटाउँदै उद्योगलाई समायोजन गर्नतर्फ आफू लागिपरेको उनले बताए ।

पछिल्लो समय बजारमा आएको आर्थिक मन्दीले सिमेन्टको बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको उनले बताए । उद्योगमा हाल दुई सयजना कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा सय कामदार रहेका छन् । उद्योगका भैँसे, ओख्रे, मजुवा र जोगिमारामा खानी रहेका छन् । कम्पनी ऐनअन्तर्गत २०३३ असोज १३ मा स्थापित भएको यस उद्योगले २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगको वार्षिक उत्पादन क्षमता दुई लाख २५ हजार मेट्रिक टन रहेको छ ।

Previous Post

होन्डुरसको महिला कारागारमा दङ्गा भड्किँदा ४१ कैदीको मृत्यु

Next Post

तीस हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने

सम्बन्धित खबर

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण
आवाज

मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

८ चैत्र २०८२,
हिमपातले किसानलाई राहत
आर्थिक

हिमपातले किसानलाई राहत

८ चैत्र २०८२,
रसुवा अस्पतालद्वारा सेवा विस्तार
आवाज

रसुवा अस्पतालद्वारा सेवा विस्तार

८ चैत्र २०८२,
आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
आर्थिक

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

८ चैत्र २०८२,
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
आवाज

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

८ चैत्र २०८२,
Load More
Next Post
तीस हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने

तीस हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In