• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जीपलाइन निर्माणले पहिरोको जोखिम

by
६ असार २०८०,
0
जीपलाइन निर्माणले पहिरोको जोखिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर। पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ ।

जीपलाइनले घ्याम्पेडाँडा हुँदै रानीकोट जाने आठ मिटर चौडा सडकको मापदण्ड एवं सामुदायिक वनको जग्गा अतिक्रमण गरेर टिकट काउन्टरदेखि रेष्टुरेन्टसम्म बनाउँदा पनि स्थानीय तहले बेवास्ता गरेको भन्दै स्थानीयले अतिक्रमण रोक्न माग गरेका छन् ।

भक्तपुरकै पर्यटकीयस्थलमात्रै नभई काभ्रेपलाञ्चोकको र्यालेबाट पनौतीसम्म जाने मुख्य सडकको रूपमा प्रयोग हुँदै आएको यो सडक जीपलाइनकै लापरवाहीका कारण पहिराको जोखिममा परेको स्थानीय सन्तमान वाइबाले बताए ।

नाफा कमाउने उद्देश्यले विगत एक वर्षदेखि पूर्णरूपमा सञ्चालनमा आएको व्यावसायिक संस्था योयो जीपलाइनले यहाँको सामुदायिक वनको जग्गासमेत मिचेर संरचना बनाउँदा त्यसलाई रोक्नुको सट्टा त्यस्ता संरचना संरक्षण गर्न वडा कार्यालयले ६० प्रतिशत र जीपलाइनले ४० प्रतिशत बजेट व्यहोर्ने गरी ६०–४० शीर्षकको बजेट हालेर व्यवसायीको निजी सम्पत्ति संरक्षण गरेको रानीकोटका व्यवसायी हर्कमान लामाले गुनासो गरे ।

उनले भने, ‘जीपलाइनले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर संरचना बनाएको छ, वर्षाको समयमा पहिरो जान सुरु भइसक्यो, योयो जीपलाइनको संरचना जोगाउन वडा कार्यालयले जालीसहितको पर्खाल लगाइदिएको छ, अहिले फेरि जीपलाइनले त्यहीँ पर्खाल मुनिबाट करिब ४० फिट गहिरो पहरा खनेको छ, यसले सडकमा पहिरो जाने जोखिम बढाएको छ ।’

जीपलाइनमा आउनेले सडकमै पार्किङ गरिदिँदा रानीकोट र र्यालेका बासिन्दालाई आवतजावतमा समेत कठिनाइ पर्ने गरेको रानीकोटका होटल व्यवसायी बताउँछन् । यसबारेमा पटक–पटक सडकमा पार्किङ नगराइदिन जीपलाइनलाई आग्रह गर्दा अटेर गरेको व्यवसायीको गुनासो छ ।

सडकमा पहिरो गएर रोकिए घ्याम्पेडाँडा रानीकोट जाने पर्यटकको आगमन बन्द हुनुका साथै यहाँबाट काभ्रेको र्याले, पनौती, लाकुरीभञ्याङ जाने सडक नै अवरुद्ध हुने भएकाले क्षति हुनु अगाडि नै स्थानीय तहले यसबारेमा चासो दिनुपर्ने होटल व्यवसायी सुनिल श्रेष्ठले बताए ।

सयौँ वर्ष अगाडिदेखि नै यो सडक काभ्रे–१ र्यालेका बासिन्दाले भक्तपुर, काठमाडौँ बजार आउने मुख्य सडकको रूपमा प्रयोग गर्दै आएको र्यालेका तरकारी व्यवसायी अमित लामाले बताए। उनले भने, ‘र्याले, पनौतीको ग्रामीण क्षेत्रबाट भक्तपुरको बजारमा दैनिक कृषि उत्पादन, तरकारी, दूध, कुखुरालगायतका उत्पादनलाई बजार लैजान प्रयोग गर्ने मुख्य सडक यही हो, पहिराले यो रोकिए हाम्रो रोजीरोटी गुम्छ, त्यसैले अरुलाई अवरोध नपुग्ने गरी र सार्वजनिक सम्पत्तिको क्षति नहुने गरी जीपलाइनले व्यवस्थापन गर्नुपर्छ, स्थानीय तहले पनि यसतर्फ चासो दिनुपर्यो ।’

रानीकोट हाम्रो थुम्को सामुदायिक वनको जग्गा अतिक्रमण नहुने गरी संरचना निर्माण गर्दा स्पष्ट नापी गर्न वनका अध्यक्ष सविन तामाङले आग्रह गरे । उनले भने, ‘जीपलाइन आएर पर्यटनको विकास र रोजगारीमा टेवा पुगेको छ, तर व्यवसाय सञ्चालन गर्दा वनको जग्गा नापेर स्पष्ट पारिदिनुपर्छ, सडक अतिक्रमण भएको छ, त्यसलाई रोक्नुपर्छ, व्यवसायप्रति हाम्रो आपत्ति होइन, गलत प्रवृत्तिप्रति हाम्रो आपत्ति हो ।’

स्थानीयले सडक किनारामा सामान्य चिया पसल राख्न नदिएर संरचना भत्काइदिएको स्थानीय तहले अहिले जीपलाइनले त्यही ठाउँमा जग्गा र सडक अतिक्रमण गर्दा किन मौन बसिरहेको छरु भन्दै स्थानीयले प्रश्न तेस्र्याएका छन् । यसबारेमा सूर्यविनायक–८ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटा नगरपालिको ६०–४० को बजटले निजी सम्पत्ति संरक्षण गरेको नभई सडक संरक्षण गरेको दाबी गर्छन ।

उनले भने, ‘घ्याम्पेडाँडा–रानीकोट हाम्रो नयाँ पर्यटकीय गन्तव्य हो, यहाँको सडक संरक्षण गर्ने जिम्मेवारी हाम्रो पनि हो, त्यसैले सडकमा पहिरो जान थालेपछि तारजाली हालेर ढुङ्गाको पर्खाल लगाएका हौँ, सडकको मापदण्ड जीपलाइनलाई मिच्न दिएका छैनौं सार्वजनिक जग्गा र वनको विषयको विवाद मिलाउन छिट्टै जग्गा नापी गरेर सिमाङ्कन गर्न निर्देशन दिएका छौँ ।’

जीपलाइनका कर्मचारीले भने वनको जग्गा नापी गरेर छुट्याएको दाबी गर्दै जग्गा अतिक्रमण नगरेको र सुरक्षितरूपमा थप संरचना बनाउन थालेको जानकारी दिएका छन् ।

Previous Post

पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत होः चिनियाँ राजदूत

Next Post

पेरिस ओलम्पिक आयोजक समितिको मुख्यालयमा प्रहरीको छापा

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
पेरिस ओलम्पिक आयोजक समितिको मुख्यालयमा प्रहरीको छापा

पेरिस ओलम्पिक आयोजक समितिको मुख्यालयमा प्रहरीको छापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In