थाइल्याण्डको कयान आदिवासी समुदायका महिलाहरुमा एक अनौठो संस्कार छ । उनीहरुले घाँटीमा थुप्रै गोलाकार रिङ भरेका हुन्छन् । यस्ता रिङलाई उनीहरु सुन्दरताको प्रतिक मान्दछन् । जुन महिलाका बढी रिङ भए उनीहरु बढी सुन्दर हुने मान्यता छ । बच्चादेखि नै बालिकाको घाँटीमा रिङ हाल्न शुरु गरिन्छ ।
समयक्रमसँगै रिङको सख्या बढ्दै उनीहरुको घाँटी सुन्दर देखिने मात्र होइन घाँटीको उचाइ पनि निकै ठूलो भएको देखिन्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













