१. कृषि भारतको आधारभूत उद्योग हो ।
२. अन्न उत्पादनद्वारा आत्मनिर्भर नभईकन न त औद्योगिक विकासको सुदृढ ढाँचा नै तयार हुन सक्छ, न त विदेशमाथि आफ्नो निर्भरताको खतरालाई समाप्त गर्न सक्दछौँ ।
३. हाम्रो कृषि–विकास सन्तुलित छैन र न त्यसलाई स्थायी नै मान्न सकिन्छ ।
४. कृषि विकासको एक चिन्ताजनक पक्ष यो हो कि उत्पादन बढ्ना साथै मूल्यमा ह्रास आउन थाल्दछ ।
५. पारस्परिक सहकारिता र त्यागको प्रवृत्तिमा बल दिएर नै मानव समाज प्रगति र समृद्धिको पूर्णरुपमा लाभ उठाउन सक्द छ ।
६. दरिद्रताको पूर्णतः उन्मुलन गरेर हामीले प्रत्येक व्यक्तिसँग उसको क्षमता अनुसार काम लिर्नुपर्छ र उसको आवश्यकता अनुसार उसलाई दिनुपर्दछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













