• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने

by
२९ जेष्ठ २०८०,
0
सरकारले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो।

परराष्ट्रमन्त्री एनपी साउदले गेटामा प्रतिष्ठान नभएर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिए। गृहजिल्ला कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसका नेताहरुसँग सोमबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने बताएका हुन्।

‘प्रतिष्ठान कि विश्वविद्यालय भन्ने द्विविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेताहरु मन्त्रीज्यूलाई भेट्न आउनुभएको थियो,’ साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीले भने, ‘मन्त्रीज्यू प्रतिष्ठान नभएर मेडिकल युनिभर्सिटी नै बन्छ, यसमा सरकार प्रतिवद्ध छ भन्नुभयो।’

क्षेत्रीय सभापति लालबहादुर सिंहको नेतृत्वमा गएको टोलीसँगको भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको पनि स्मरण गराए। ‘क्याविनेटबाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसदमा पठाउने निर्णय भइसकेको छ,’ जोशीले मन्त्री साउदको भनाइ उद्धृत गर्दै भने, ‘प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै क्याविनेटले विश्वविद्यालय बनाउने निर्णय गरेको हो।’

भेटमा सहभागी पूर्व क्षेत्रीय सभापति दलबहादुर बोहराले पनि मन्त्री साउदले गेटामा प्रष्ठिान नभइ विश्वविद्यालय नै बनाउन सरकार प्रतिवद्ध रहेको जवाफ दिएको बताए। ‘गेटामा विश्वविद्यालय स्थापना गर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको समाचार पढेका थियौँ। पछि प्रतिष्ठान बनाउने भन्ने कुरा आयो,’ उनले भने, ‘यसबारे मन्त्रीज्यूसँग छलफल भयो। उहाँले प्रतिष्ठान होइन, विश्वविद्यालय नै बन्ने कुरा गर्नुभयो। यसमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो।’

गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट गेटमै आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबारे स्थानीयलाई जानकारी दिएका थिए।

गेटामा देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक निर्णय गरिसकेको उनको भनाइ थियो। मन्त्रीहरु, मुख्यसचिवसहित सहभागी रहेको प्रधानमन्त्रीको टोलीले फागुन १ गते गेटा मेडिकल कलेजका लागि निर्माण भएका भौतिक पूर्वाधारहरुको अवलोकन तथा निरीक्षण गरेको थियो।

‘हिजोकै क्याबिनेट बैठकबाट शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सैद्धान्तिक निर्णय भएको छ,’ प्रधानमन्त्रीले भनेका थिए, ‘अब मेडिकल कलेज चलाउने काम पनि तीब्र गतिमा अगाडि जान्छ र विश्वविद्यालय स्थापना प्रक्रिया पनि अघि बढिसकेको छ। अब मेडिकल कलेज मात्रै होइन, देशकै निम्ति गौरबको राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय यहाँ गेटामै बन्दैछ।’

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्वविद्यालय बनाउने उल्लेख गरिए पनि तर, अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेट वक्तव्यका क्रममा एक सय शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट विनियोजन गरिएको बताएपछि सुदूरपश्चिमका बासिन्दा आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आइतबार सुदूरपश्चिम बन्दको आयोजना गरिसकेका छन्।
यसैबीच अर्थमन्त्री महतले बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा सोमबार प्रतिनिधिसभा बैठकमा सुदूपश्चिमका बासिन्दामा देखिएको अन्यौलताबारे सरकारी धारणा प्रष्ट्याउने तयारी गरेका छन्।

‘क्याविनेटले निर्णय गरिसकेको र नीति तथा कार्यक्रममा विश्वविद्यालय बनाउने भनेर आएको विषय बजेटमा प्रतिष्ठान गठन गर्ने ढंगले आयो,’ नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिमबाट विजयी एक प्रतिनिधिसभा सदस्यले भने, गेटामा प्रतिष्ठान नभइ विश्वविद्यालय हो भनेर आज अर्थमनत्रीज्यूले सम्बोधन गर्नुहुन्छ।’

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका अनुसार सोमबार दिउँसो १ बजे संसद बैठक बस्दै छ। बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री महतले दिने कार्यसूची छ।

Previous Post

उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

Next Post

थ्रीस्टार हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
सिक्लेस हाइड्रोको आईपीओ बुधबारदेखि खुला हुने

थ्रीस्टार हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In