जलवायु न्यायको भर्खरै शुरुवातको अभियानमा एक्सनएड इन्टरनेशनल नेपालले ८ जुन २०२३ मा जलवायु न्यायको लागि मानव साङ्गलाको आयोजना गरेको छ । सहभागीहरु विहान ६ वजे जमलको विश्वज्योति हलको छेउमा भेला भएका थिए । मानव साङ्गलो रानीपोखरी, रत्नपार्क हुँदै जमल सम्म पैmलिएको थियो ।
काठमाण्डौंका युवा, महिला र बालबालिका गरि ६५० भन्दा बढी सहभागी भएका थिए । युवा नेतृत्वमा भएको कार्यक्रममा काठमाण्र्डौका विभिन्न समुदायका युवा तथा कलेजका युवाहरुको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागीहरुले हात समातेर ऐक्यवद्धता बोकेका व्यानरसहित जलवायु न्यायको माग गर्दै नारा लगाएका थिए ।
शान्तिवाटिकामा सवै सहभागीहरुको जमघटमा कार्यक्रमको समापन भएको थियो । एक्सनएड इन्टरनेशनल नेपालका प्रतिनिधिले जलवायु न्याय अभियानको अडान र नीति स्तर परिवर्तनहरु र यसले प्रतिनिधित्व गर्न सक्ने कुराहरुको बुझाई प्रदान गर्दै यसको मागहरुको बारेमा संक्षिप्त जानकारी प्रदान गर्नु भयो । साथै सोहि क्रम्मा जलवायु न्याय एयटा ज्वलन्त एजेण्डा हो यसले विशेष गरी महिला तथा युवालाई असर गर्ने पनि बताए ।
कार्यक्रममा युवाहरको स्वर सुन्न सकिने र सवै जना उपस्थित भएको कारया उनीहरुले एकजुट भएर कार्यक्रम सन्चालन गर्न मद्दत ग–यो । प्रदर्शनले जलवायु न्याय अभियानलाई अगाडि बढाउन कार्यकर्ता, युवा, महिला, बालबालिका, किसान र जोखिममा परेका जनसंख्यावाट एकता र एक्यनवद्धता ल्याउने देखिएको छ ।