किम से–रोन एक लोकप्रिय दक्षिण कोरियाली अभिनेत्री हुन्। जसले ९ वर्षको उमेरमा पहिलो पटक डेब्यू गरेकी थिइन्।
उनी कोरिया, अ ब्रान्ड न्यू लाइफ र द म्यान फ्रम नोवेर जस्ता चलचित्रमा आफ्नो भूमिकाका लागि चर्चित छिन्।
द म्यान फ्रम नोवेर फिल्मका लागि उनले आठौं कोरियन फिल्म अवार्डमा उत्कृष्ट नवअभिनेत्रीको अवार्ड जितेकी थिइन्।


















