जसले जान्दछु भन्दछ, केही जान्दैन, त्यो मूर्ख हो ।
म भन्ने मेरो भन्ने, सबै कुराका ज्ञानहरू, विषयहरू उधार हुन्, प्रकृति हुन्, बदलिन्छन् । उधार लिने को छ ?
सत्यमा पुग्नु छ भने साँचो त्याग, सार्थक शङ्का, योग्य तर्क, गम्भीर प्रश्न गर्न आउनुपर्छ, सक्नुपर्छ ।
शासक, धनीमानी, भाग्य भोगी मनुष्य पशु मात्रै पनि हुन सक्छन् । दर्शन, संयम–त्याग र दयालुता भए मात्रै साँचो मनुष्यता हुन्छ ।
बाहिरको, भित्रको सबै मूर्खता त्याग । एक्लै, मौन रहन सक्नु वास्तविक समझ हो, यही ज्ञान हो, विश्राम हो ।
म केही जान्दिनँ, जवाफ पनि खोज्दिनँ, आर्काका विचारको पछाडि लाग्दिनँ । यो शरीरमा को बाँचेको छ ? त्योसँग मित्रता छ, यही हो मेरो जीवन । जसले आत्माको रस पायो, उसलाई राज्य त्यागेर वैरागी हुनमा परम विश्राम प्राप्त हुन्छ । विषयी पामर मात्रै पद–धन–मानमा अल्झिएर मर्दछ ।
साभार : ‘विचारप्रवाह’ पुस्तकबाट













