१. नेपालमा निजी वन कार्यक्रम कहिलेदेखि लागू भएको हो ?
– वि.सं. २०१३
२. नेपालमा सबैभन्दा धेरै जनसंख्या वृद्धिदर निम्नमध्ये कुन अवधिमा भएको थियो ?
– वि.सं. २०२८–२०३८
३. जन्म, मृत्यु, विवाह, बसाइँसराइ जस्ता व्यक्तिगत घटनाको दर्ता गर्ने चलनको सुरुवात नेपालमा कहिलेबाट भएको हो ?
– २०३४ वैशाख १
४. कुन राणा प्रधानमन्त्रीको पालादेखि जनगणना लिने कार्यको सुरुवात भएको हो ?
– चन्द्र शमशेर
५. कुन आवधिक योजनादेखि जनसंख्या विषयलाई समावेश गर्न थालिएको हो ?
– तेस्रो
६. वातावरण संरक्षणसम्बन्धी पृथ्वी शिखर सम्मेलन सन् १९९२ कुन देशमा सम्पन्न भएको थियो ?
— ब्राजिल
७. नेपालका कतिवटा सिमसार क्षेत्रलाई रामसार महासन्धिले सूचिकृत गरिएको छ ?
— १० वटा
८. सबैभन्दा पछि रामसार महासन्धिले सूचिकृत गरेको नेपालको सिमसार क्षेत्र पोखराका ९ वटा तालहरुको समूह हो भने पहिलो सिमसार कुन हो ?
– कोशी टप्पु
९. नेपालमा वातावरण र दिगो विकाससम्बन्धी व्यवस्था कुन आवधिक योजनाबाट सुरु गरिएको हो ?
– छैटौँ
१०. सन् २०१८ मा भएको बाघ गणनामा नेपालमा कतिवटा बाघ पाइएका थिए ?
– २३५
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट












