१. वि.सं. २००७ को क्रान्तिपछि गठन भएको मन्त्रिमण्डलमा गणेशमान सिंह कुन मन्त्री भएका थिए ?
– उद्योग तथा वाणिज्य मन्त्री ।
२. २००७ सालमा गठन भएको मन्त्रिपरिषदमा राणाका तर्फबाट ५ जना मन्त्री थिए भने काँग्रेसको तर्फबाट कति जना मन्त्री भएका थिए ?
– ५ जना ।
३. सहिद शुक्रराज शास्त्रीलाई टेकु पचलीमा कहिले फासी दिएको थियो ?
– १९९७ माघ १० ।
४. नेपालको इतिहासमा जनमतसङ्ग्रह गर्ने घोषणा कहिले भएको थियो ?
– २०६६ जेठ १० ।
५. २०१५ सालको निर्वाचन पछि गठन भएको प्रतिनिधि सभामा सभामुख को थिए ?
– कृष्णप्रसाद भट्टराई ।
६. नेपाल र भारतबीच वि.सं. २०११ वैशाख १२ मा भएको कोसी सम्झौतामा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
– महावीर शमसेर ।
७. नेपाल र भारतबीच वि.सं. २०१६ मंसिर १९ मा भएको गण्डक सम्झौतामा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
— सुवर्ण शमसेर ।
८. नेपालमा सर्वाेच्च अदालतको स्थापना कहिले भएको हो ?
– वि.सं. २०१३ जेठ ८ ।
९. सर्वाेच्च अदालतका प्रथम प्रधानन्यायाधीश को हुन् ?
– हरिप्रसाद प्रधान ।
१०. नेपाल बहुदलीय व्यवस्थाको पुनःस्थापना भएपछि पहिलो आम निर्वाचन कहिले भएको थियो ?
– २०४८ वैशाख २९ ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













