जबसम्म मन छ, व्यवहार गर । मन छैन भने त्यागेर स्वतन्त्र होऊ । यी दुई प्रक्रिया बाहेक अरू क्यै उपाय छैन, यस्तो होस् उस्तो होस् भन्नेतिर लागियो भने न भोग पाइन्छ न योग नै प्राप्त हुन्छ ।
आसक्ति अन्तःकरणको मुख हो । त्यस मुखलाई समुचित सन्तुलित आहार दिने प्रयास गर । जस्तै देह प्राणको भोखलाई समुचित सन्तुलित आहार दिनाले देह प्राण स्वस्थ रहन्छन् । उस्तै अन्तःकरणलाई सन्तुलित विहार आहार दिए स्थिरता, सरलता, विवेक, अकिञ्चनता, रूपा स्वस्थता आउँछ र त्यो स्वस्थताबाट परम्शान्ति तथा त्यस शान्तिमा प्रज्ञाको प्रकाश हुन्छ ।
अल्पज्ञानीहरू सिद्धान्तमा, व्यर्थ चाहमा (भोक समाप्त गर्नमा, आसक्ति समाप्त गर्नमा) लाग्छन् । जो सम्भव छैन, धन, भीड, मान, सिद्धान्तका पछि लागेका कोही पनि प्रसन्न हुँदैनन् ।
साभार: ‘विचारप्रवाह’ पुस्तकबाट













