ललितपुर–वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गरिएको छ । उनको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । जोशीको शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले ललितपुर महानगरपालिकाको प्रांगणमा राखिएको छ ।
प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि जोशीलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । जोशीलाई श्रद्धाञ्जली दिन राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण पनि पुगेका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको शव ४ बजेसम्म महानगरमा राखिने र त्यसपछि किष्ट अस्पताललाई हस्तान्तरण गरिनेछ ।
१०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार बिहान किष्ट मेडिकल कलेजमा निधन भएको थियो । जोशीको पार्थिक शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।












