१. परमात्माको प्राप्तिलाई दुर्लभ नठान । भगवान पतितपावन हुन् । सबै भाग भगवानलाई चढाएर भगवत्प्रसाद ठानी सेवन गर ।
२. वायु शान्त भएपछि समुद्र जसरी शान्त हुन्छ, त्यसरी नै प्रसन्न, विशाल, गम्भीरताले युक्त, क्षोभ शून्य तथा रोगद्वेषादी दोषले रहित मेरो यो मन शान्त र सम हुँदै गइरहेको छ । सौभाग्यवश म समस्त चिन्ता ज्वरदेखि मुक्त हुँदै गइरहेको छ । म तुरीय पदरुप परमात्मा स्वरुप आफ्नै आत्मामा स्थित भएको छु । वासनाशून्य, दृश्यले रहित, ज्ञानस्वरुप, मन र वाणीको चेष्टाले शुन्य, विज्ञानानन्दघन परमात्मालाई प्राप्त गरेर म परमशान्तिको अनुभव गरिरहेछु भन्ने गहिरो भाव लिएर शान्त हुनुपर्दछ ।
३. ज्ञानले नै मनुष्य सर्व दुःख–निवृत्तिद्वारा परमानन्दमा पुग्छ । ज्ञानबाटै परमात्माको प्राप्तिरुप परम सिद्धि (मोक्ष) प्राप्त हुन्छ साधुपुरुषको हृदयरुप सरोवर स्वच्छ र गम्भीर हुन्छ ।
४. साधक आफ्नै प्रयत्नले महात्माहरुले दिएको उपदेश सफल पार्छन् ।
५. संसारका सबै सुख अन्ततोगत्व दुःख रुपमा अवश्य नै परिणत हुन्छन् ।
६. अति हर्ष, अति शोक तथा सन्त्रासले गर्दा पनि मन निर्विकल्प अवस्थामा पुग्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट












