लसुनमा एलिसिन जस्ता पोषकतत्वहरू हुने हुँदा हरेक दिन बिहान खाली पेटमा लसुनको एक पोटी खाँदा विभिन्न रोगको उपचारमा फाइदा पु¥याउनुको साथै स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बचाउँछ । विशेष गरी पुरुषहरूले बिहान उठ्ने बित्तिकै लसुन सेवन गर्दा बढी फाइदा मिल्छ:
– लसुनमा भएको एन्टीब्याक्टेरियल तत्वका कारण लसुनको नियमित सेवनले श्वास गनाउने समस्याबाट छुटकारा दिलाउँछ ।
– लसुनमा भएको प्रोटिन, कार्बोहाइड्रेट्स, क्याल्सियम जस्ता तत्वहरुले शरीरको मांसपेशी दह्रो र हाड बलियो बनाउनुको साथै कमजोरी हटाइ स्फुर्ति दिन्छ ।
– लसुनमा भएको सेलेनियमले निःसन्तान समस्यालाई हटाउँछ ।
– लसुनमा भएको एलिसिनले बोसो तीव्र गतिमा बोसो पगाल्ने हुँदा तौल नियन्त्रणमा रहन्छ ।
– लसुनमा भएको फाइबरले कब्जियत लगायतका समस्याबाट छुटकारा दिलाउँछ ।












