अधबैंसे बूढाबूढी बजारमा हिँड्दै थिए । एउटी युवती जसले एकदमै छोटा पहिरन लगाएकी थिई, ऊ उनीहरुको अगाडिबाट हिँडी ।
बूढीः हेर्नुस् त हजुर ! यस्तो म भएँ भने त घरबाटै निस्किन्न ।
बूढाः (गमक्क पर्दै) हो नि गोफ्लेकी आमा ! तँ यस्ती भइस् भने त म पनि घरबाट निस्किन्नँ नि !
घट्दै घटेन नि
एउटा व्यक्तिको खोकी निको भएन, डाक्टरले भने बमोजिम गर्दा पनि निको नभएकोले ऊ डाक्टर कहाँ पुगेछ ।
बिरामीः डाक्टर साब मेरो खोकी त झन् घट्दै घटेन नि
डाक्टरः चुरोट बिँडी खान छाड्यौ ?
बिरामीः अँ डाक्टर साब त्यसै दिनदेखि चुरोट, बिँडी छाडेर गाँजामात्र पिउँछु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












