• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

खानेपानीको अभावमा भोजपुर मानेभञ्याङवासी

by
१६ जेष्ठ २०८०,
0
जनतालाई शुद्ध पानी वितरण गर्ने सरकारको दायित्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर – उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्या परेका छन् । यहाँका स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवाखोला लिफ्टिङ आयोजना एक महिनाअघिबाट अवरोध भएसँगै स्थानीय आक्रोशितसमेत भएका छन् ।

पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ । समितिले महसुल तिर्न नसक्दा पानी तान्नको लागि पम्पमा जडान गरिएको लाइन विद्युत् प्राधिकरणले काटी दिएपछि स्थानीय पानी उपभोग गर्नबाट बञ्चित भएका हुन् ।

समितिले व्यवस्थितरूपमा योजना सञ्चालन गर्न नसक्दा खानेपानीबाट बञ्चित भएको स्थानीयवासीको भनाइ छ । उपभोक्ता समितिले महसुलवापतको ११ लाख बढी रकम नतिरेको कारण नेपाल विद्युत् प्राविधिकरण भोजपुर वितरण केन्द्रले आयोजनामा जडान गरिएको विद्युत् लाइन काटिदिएको उपभोक्ता समितिका सचिव नगेन्द्र चौहानले जानकारी दिए ।

‘पानी सञ्चालनको क्रममा उठेको महसुल तिर्न नसक्दा विद्युत् काटिएको अवस्था छ’, उनले भने, ‘विद्युत् काटिँदा स्थानीयलाई एक महिना बढी समयबाट पानी खुवाउन सकेका छैनौँ । प्राधिकरणसँग पुनः विद्युत् जडानका लागि पहल गरिरहेका छौँ ।’

अवरोध भएको पानीलाई पुनः सञ्चलनमा ल्याउन उपभोक्ता समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र उपभोक्ताबीच छलफल गरिएको छ । त्रिपक्षीय छलफलबाट पानीलाई नियमितरूपमा सञ्चालन गर्न पुरानो समितिलाई विघटन गरेर अर्को समिति गठन गर्ने निर्णय भएको छ ।

पुरानो समितिले आयोजना सञ्चालनका क्रममा भएको आयव्ययको वितरण हालसम्म जानकारी नगराएको स्थानीयले बताएका छन् । पन्ध्र दिनको सूचना जारी गरी आगामी जेठ २७ गते साधारणसभामार्फत नयाँ समिति गठन गर्ने निर्णय भएको उपभोक्ता समितिका उपाध्यक्ष हस्तबहादुर थापाले जानकारी दिए। निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक तामाङ काठमाडौँमा रहेका कारण कामलाई सहजरूपमा सञ्चालन गर्न समस्या हुँदै आएको उनको भनाइ छ ।

‘पानी नियमितरूपमा दिन सकिएको छैन’, उनले भने , ‘आर्थिक तथा प्राविधिक समस्या देखापरेका छन् । समितिको अध्यक्ष काठमाडौँमा छन् । आजको भेलाले समिति परिवर्तन गर्ने निर्णय गरेको छ । नयाँ समिति गठन गरेपश्चात् थप काम गर्न सहज हुने आशा गरेका छौँ ।’

हाल भएको समितिले व्यवस्थित ढंगले पानी खुवाउन पहल गर्न नसकेको स्थानीयवासी तिलाचन तामाङले बताए। योजना सञ्चालनका क्रममा भएको खर्चको विषयमा हालसम्म समितिले स्थानीयलाई कुनै जानकारी दिन नसकेको उनको भनाइ छ ।

‘उपभोक्ता समिति जिम्मेवार बन्न नसक्दा स्थानीय पानी खानबाट बञ्चित भएका छन्’, उनले भने , ‘यो आयोजनालाई सहजरूपमा सञ्चालन गर्न सबैले भूमिका खेल्न आवश्यक छ । आगामी दिनका कामलाई व्यवस्थितरूपमा सञ्चालन गर्न समिति पुनःगठन गर्ने सहमति भएको छ ।’

योजना सञ्चालनमा उपभोक्ता समिति गम्भीर नहुँदा स्थानीय पानीको मारमा परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । समितिले यहाँ हुने गरेका समस्याको विषयमा कार्यालयसँग समन्वय नगर्दा समस्या उत्पन्न हुने गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताए । यसअघि यहाँको स्थलगत अनुगमन गरेर देखिएका समस्याको समाधानमा छलफल गरेको भए पनि समितिले खास चासो नदिएको उनको भनाइ छ ।

‘उपभोक्ता समिति निष्क्रिय बन्दा जनतालाई समस्या भएको देखिएको छ’, उनले भने, ‘समितिले योजनाको दिगो व्यवस्थापन लागि कुनै योजना बनाएको छैन । यहाँको समितिलाई पुनःगठन गर्ने निर्णय भएको छ । नयाँ समिति बनेपछि यसलाई व्यवस्थित गर्न थप टेवा पुग्ने आशा गरेको छौँ । समिति सक्रिय नबनेसम्म कार्यालयको पहलले मात्र योजना धान्न सम्भव छैन ।’ महसुललाई कमी गर्दै स्थानीयलाई सहजता थप्न पिखुपा खेलामा पानी तानेको स्थानमा सोलार जडानका लागि काम गर्ने योजना रहेको प्रमुख सिंहले बताएका छन् ।

तत्काल आयोजनामा देखिएको समस्या समाधानमा पहल गर्ने वडा कार्यालयले जनाएको छ । खानेपानी कार्यालयसँग समन्वय गरेर हाल देखिएको समस्या समाधन गर्न भूमिका खेल्ने रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङका वडाध्यक्ष जगत् चौहानले जानकारी दिए । ‘खोलाको पानी बस्तीमा आउँदा स्थानीयमा उत्साह थपिएको थियो’, वडाध्यक्ष चौहानले भने, ‘एक महिना बढी समयबाट पानी नआउँदा स्थानीयमा निराशा छाएको अवस्था छ । उपभोक्ता समितिलाई सक्रिय बनाउँदै पानी नियमित सञ्चालनमा वडाले भूमिका खेल्छ ।’

विगतमा पानीको खास समस्या नभए पनि विसं २०७२ को भूकम्पपछि यहाँका मुहान सुक्दै गएपछि स्थानीयमा पानीको समस्या जटिल बन्दै गएको थियो । पानीका मुहान सुक्दै गएपछि यहाँका स्थानीयले गाउँबस्ती नै छाड्दै गएका थिए । यहाँका स्थानीयको पानीको समस्या समाधान गर्न तीन हजार दुई सय मिटर तल रहेको पिखुवाखोलाको पानी लिफ्टिङ प्रविधिबाट बस्तीमा पुर्‍याइएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको करिब रु १० करोड ५० लाख लागतमा पिखुवाखोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । पानीको समस्या रहेका यहाँका तीन सय १८ बढी घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

Previous Post

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

Next Post

सहगोत्रीसँग विवाह किन नगर्ने ?

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
हिन्दु संस्कार अनुसार किन सहगोत्रीसँग विवाह गर्नु हुँदैन ?

सहगोत्रीसँग विवाह किन नगर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In