• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एभरेष्ट म्याराथनमा नेपालीकै वर्चस्व

by
१६ जेष्ठ २०८०,
0
एभरेष्ट म्याराथनमा नेपालीकै वर्चस्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नाम्चे– विश्वकै अग्लो स्थानमा हुने तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनमा नेपाली धावकले बाजी मारेका छन् । सगरमाथा आधार शिविरबाट सोलुखुम्बुको नाम्चेसम्म (४२ किलोमिटर) हुने खुल्ला फुल म्याराथन तीन घण्टा ४८ मिनेट ५४ सेकेन्डमा पार गर्दै नेपालका सुमन कुलुङ प्रथम भए ।

योसहित उहाँ यो प्रतियोगितामा तीन पटक विजेता भइसकेका छन् । सोही दूरी तीन घण्टा ५७ मिनेट ५३ सेकेन्डमा पार गर्दै नेपालका दलबहादुर कँवर दोस्रो एवं चार घण्टा दुई मिनेट तीन सेकेन्ड लगाउँदै नेपालकै उमेश राई तृतीय भए । ७० किलोमिटरको एक्सट्रिम अल्ट्रा विधामा ८ घण्टा ३८ मिनेट ९ सेकेन्ड लगाउँदै नेपालका तीर्थबहादुर तामाङ पहिलो, नेपालकै तिलकबहादुर सुनुवार ९ घण्टा २ मिनेट ३१ सेकेन्ड लिँदै दोस्रो एवं नेपालकै किरन कुलुङ्ग ९ घण्टा २६ मिनेट ३८ सेकेन्ड लिँदै तेस्रो भए ।

२१ किलोमिटरको हुने हाफ म्याराथनमा भारतकी सम्झना राई प्रथम भए । उनले तीन घण्टा १९ मिनेट ४८ सेकेन्डमा उक्त दूरी पार गरेका थिए । अष्ट्रेलियाका एम्मा विलियम्स तीन घण्टा २१ मिनेट ४१ सेकेन्ड लगाउँदै दोस्रो तथा रुसका अलेक्जेण्डर ब्रुट्सेव तीन घण्टा २३ मिनेट ५४ सेकेन्ड लिँदै तेस्रो भए ।

४२ किलोमिटरको विदेशी विधातर्फ चार घण्टा ४७ मिनेट १० सेकेन्ड लिँदै अमेरिकाका टेट पोल्म्यान पहिलो, छ घण्टा छ मिनेट ५१ सेकेन्ड लिँदै अष्ट्रेलियाका कियरा बेस्म्यानो दोस्रो तथा छ घन्टा ३० मिनेट ४३ सेकेन्ड लिँदै चीनका म्यथ्यु विलियम तेस्रो भए ।

४२ किलोमिटरकै महिला विधामा नेपालकी मञ्जु रावतले पाँच घण्टा २८ मिनेटमा पार गर्दै पहिलो, नेपालकै लाक्पा मिङ्मा शेर्पा पाँच घण्टा २८ मिनेट ३६ सेकेन्ड लिँदै दोस्रो एवं दिलकला कुलुङ पाँच घण्टा ३१ मिनेट ५४ सेकेन्ड लिँदै तेस्रो भएको कार्यक्रम संयोजक शिशिर पाँडेले बताए ।

यसपल्ट ६९ नेपालीसहित २८ देशबाट दुई सय चार जनाले भाग लिएको आयोजक हिमालय एक्स्पिडिसनका संस्थापक विक्रम पाँडे काजीले जानकारी दिए । म्याराथनमा अमेरिका, क्यानाडा, बेल्जियम, अस्ट्रेलिया, जर्मनी, भारतलगायत देशबाट धावकले भाग लिएको उनले बताए ।

प्रतियोगितामा १७ वर्षदेखि ७२ वर्ष उमेरकाले पनि भाग लिएको उहाँले जानकारी दिनुभयो । सगरमाथामा पहिलोपल्ट मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पाइला टेकेको अवसर पार्दै १९ वर्षदेखि एभरेष्ट म्याराथन हुँदै आएको छ । तेन्जिङ र हिलारीले सन् १९५३ मे २९ पहिलोपल्ट सगरमाथामा पाइला टेकेका थिए । हिमालय आरोहणको ७०औँ वर्षको विशेष अवसर पारेर यो पटक म्याराथनबाहेक अन्य कार्यक्रम पनि गरिएको उनको भनाइ छ ।

एभरेष्ट म्याराथन कर्पोरेट म्याराथनको रूप मात्र नभएर पर्यटन प्रवर्द्धनमा गरिँदै आएको अध्यक्ष पाँडेले बताए । ‘एभरेष्ट म्याराथनले नेपाललाई विश्वमै चिनाउन सहयोग गर्दै आएको छ । नेपालमा पर्यटक भित्र्याउन म्याराथन सहयोगी भएको छ,’ उनले भने, ‘प्राकृतिक सुन्दरता, मनोरम दृश्य र जोखिमपूर्ण भएकाले पनि एभरेष्ट म्याराथनले छुट्टै परिचय स्थापित गरेको छ ।’

सगरमाथा आरोहणको ७० वर्षको विशेष अवसरमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, न्युजिल्यान्डका महावाणिज्य दूत लिजा छोय्ग्याल र अमेरिकी दूतावासका ज्यसोन मिक्सले सगरमाथा राष्ट्रिय निकुञ्जभित्र लालीगुराँस रोपेका थिए । म्याराथनका लागि बुद्ध जन्मस्थल लुम्बिनीबाट लुम्बिनी टर्चमा बुद्ध ज्योति बाली सगरमाथा आधार शिविर पुर्याइएको थियो ।

Previous Post

एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित

Next Post

चीनको शेन्झाउ– १६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
चीनको शेन्झाउ– १६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार

चीनको शेन्झाउ– १६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In