मुखबाट -याल निस्कनु राम्रो कुरा हो किनकि ¥यालले नै मुखलाई गिलो राख्छ र हामीले खाएको खानालाई नरम बनाएर निल्न सजिलो बनाउँछ । हामीले खाएको खानालाई पचाउने कामको शुरुवात पनि -यालको मिश्रणबाट नै हुन्छ ।
तर कतिपय मानिसको सामान्यभन्दा बढी नै -याल आउँछ । उठेको बेलामा भन्दा सुतेर निदाएको बेलामा मुखभित्र धेरै -याल बन्छ र थाहै नपाई मुखबाट चुहिएर तकिया पनि फोहोर हुन्छ । मुखबाट -याल चुहिने समस्याको केही घरेलु उपचार विधिबाट पनि समाधान गर्न सकिन्छ ।
– रातिको खानामा तारेभुटेको र गरिष्ठ खानेकुरा नखाने । सुत्नुअघि दुईतीन वटा तुलसीको पात चपाएर अलिकति पानी पिउने । लगातार केहीदिन यसो गर्दा ¥याल चुहिन छोड्छ ।
– दालचिनीको चिया खाने गर्नाले पनि -याल चुहिने समस्यालाई हटाउँछ ।
– अमलाको धूलो मनतातो पानीमा हालेर पिउँदा राति ¥याल चुहिने समस्याबाट छुटकारा दिनुको साथै यसले पेट पनि ठीक राख्छ ।
– सुत्नुअघि फिटकिरीपानीले मुख कुल्ला गर्नाले राती निदाएको बेलामा -याल चुहिने समस्याबाट छुटकारा दिलाउँछ ।












