एजेन्सी । चार महिनादेखि वेपत्ता ब्राजिलियन अभिनेता जेफरसन मचाडोको शव गाडिएको अवस्थामा भेटिएको छ । उनको शव रियो दी जेनेरियोस्थित एक घरबाहिर काठको बाकसमा सिक्रीले बाँधेर प्याक गरिएको अवस्थामा भेटिएको हो ।
जुन बाकस जमिनबाट ६ फिट तल गाडिएको र सिमेन्टले ढाकिएको अवस्थामा फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।उनको घाटी थिचेर मारिएको हुनसक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












