चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतीका साथ एनसेल आजियाटा लिमिटेडले भोलि शनिबार, जेठ १३ गते हाटखोला मैदान, विराटनगरमाभव्य कन्सर्टको आयोजना गर्न गईरेहको छ । यसकालागि सम्पुर्ण तयारी पुरा भएको एनसेलले जनाएको छ ।
कन्सर्टमाचर्चित कलाकारहरु तथा ब्याण्ड दिपकबज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिताअधिकारी, सुनिल पण्डित, कलाकार केकीअधिकारी आदीको आ–आफ्ना प्रस्तुतीहरु राखीदर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने छन् । कन्सर्ट दिउँसो २ बजेबाट सुरु भई बेलुका ८.३० बजे सम्म चल्ने छ ।
यस सांगीतिककार्यक्रममा सहभागीहुन ईच्छुक एनसेलकाग्राहकहरुले नजिकैको एनसेल सेन्टर वाआधिकारिक बिक्रेताकोमा सम्पर्क गरि कार्यक्रमको टिकट लिन सक्छन् । त्यसैगरी कन्सर्ट हुने स्थान हाटखोला मैदानबाट पनिग्राहकहरुले टिकट लिन सक्छन् ।
“मलगायत रिदम ब्यान्डका साथीहरु र अन्यथुप्रै साथीहरुले यो कार्यक्रममा प्रस्तुती राख्दै छौं । आफ्ना साथीभाई, परिवारका सदस्यहरुसँग आउनुहोस् सँगै मिलेर रमाईलो गरौं,”दिपकबज्राचार्यले कार्यक्रमको बारेमाआफ्नो उत्साहव्यक्तगर्दै भने । द एलिमेन्ट्स ब्याण्डले दर्शकहरुलाई आफ्नो गीत संगितले भरपुर मनोरञ्जन प्रदान गर्न आफुहरु तयार रहेको बताएको छ ।
पुर्वमा रमाईलो गर्ने संयोग जुटेकोले दर्शकहरुलाई यो मौका नगुमाउनआषिश राना (लाउरे) ले सुझावदिएका छन् । कन्सर्टको प्रत्यक्षप्रशारण एनसेलको फेसबुक पेजबाट पनिहुने भएकाले देश विदेशमा रहनुभएका सबै नेपालीदाजुभाई तथादिदीबहिनीहरुले पनि यस कार्यक्रमको मजालिन सक्नेछन् ।
यस कार्यक्रममा सहभागी सबैको सेवा सुविधाकोलागिकार्यक्रम स्थलमा एनसेलको स्टल पनि रहने छ । यस स्टल मार्फत कम्पनीले प्रदानगर्दै आएको सेवातथा सुविधाहरुकाबारेमाजानकारी लिन सक्नेछन् । यस कार्यक्रमले हालबजार शिथिल देखिएको अवस्थामाव्यापार तथाव्यावसायलाई चलायमानबनाउन सहयोग गर्ने विश्वास लिईएको छ ।
यस अघि एनसेलले नयाँवर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमाआयोजना गरेको थियो । अर्थतन्त्र, पर्यटन व्यवसायलाई चांडोभन्दा चाँडो पुनरुत्थान, नवउत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, सानातथामझौलाउद्यमएवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजनागरिएको थियो ।
एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजीमोबाइल सेवाप्रदायककम्पनीहो । सन्२००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवाप्रदानगर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्नाग्राहक र साझेदारहरूलाई लाभप्रदान गर्न अनवरत रूपमाकामगर्दै आएको छ ।
सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिकमोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवाप्रदानगरिरहेको छ । उच्चगतिको मोबाइलब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत्फोरजी नेटवर्कमार्फत सेवाप्रदानगरिरहेको छ । यसले नयाँअवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।
एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गतआर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथाअन्यशुल्क गरी विभिन्नशीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमाव्यावसायिक सामाजिकजिम्मेवारी ( सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।
एनसेल, आजियाटा गु्रपबर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्रल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मापब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवाप्रदानगर्दै आएको छ ।












