• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पालिका अध्यक्ष र समिति अध्यक्षबीच कुटाकुट

by
७ जेष्ठ २०८०,
0
पालिका अध्यक्ष र समिति अध्यक्षबीच कुटाकुट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी– सिगास गाउँपालिका अध्यक्ष र सडक उपभोक्ता समितिका पदाधिकारीबिच २० लाख ४४ हजार रुपियाँको चेकका विषयमा विवाद हुँदा कुटाकुट भएको छ। कुटपिटबाट घाइते भएका सडक उपभोक्ता समितिका अध्यक्ष अस्पताल भर्ना भएका छन्।

सडक उपभोक्ता समितिलाई गाउँपालिकाको लेखा शाखाले उक्त रकम भुक्तानीका लागि दिइएको चेक गाउँपालिका अध्यक्षले बैङ्कलाई रोक्का गर्न निर्देशन दिएपछि कुटाकुट भएको हो।

गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बैङ्कमा चेक रोक्का गरेर बिहीबार कार्यालयमा बोलाएर बिनाकारण कुटपिट गरेको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिंह धामीले बताउनुभयो। उहाँ घाइते हुनुभएको छ। चालु आर्थिक वर्षमा सिगास गाउँपालिकाले वडा नम्बर ९ को देउलेकबाट सिगास–४, वडा कार्यालयको कान्धारसम्म दुई हजार सात सय मिटर सडक खन्न उपभोक्तासँग ३९ लाख रुपियाँको योजना सम्झौता गरेको थियो।

सो सम्झौता अनुसार निर्माण भएको सडकको प्राविधिकले नापजाँच गरेर २० लाख ४४ हजार रुपियाँ भुक्तानीका लागि चेक दिएको उपभोक्ता समितिका अध्यक्ष धामीले बताउनुभयो । “सम्झौता अनुसार कर्मचारी र लेखापालले रनिङ बिलको २० लाख ४४ हजार रुपियाँको चेक काटेर दिनुभएको हो,” समितिका अध्यक्ष धामीले भन्नुभयो।

“गाउँपालिका अध्यक्षले बैङ्कमा फोन गरेर चेक रोक्न लगाए र मलाई फिर्ता बोलाए। त्यहाँ पुग्दा ओखलसैनी खेल मैदानका अध्यक्ष जयसिंह धामी र गाउँपालिका अध्यक्ष धामीले २० ड्रम तेलको सात लाख रुपियाँ मागे। त्यसपछि तेलको पैसा दिने हो तर बैङ्कमा फोन गरेरे चेक किन रोकेको हो ? भन्नेबित्तिकै गाउँपालिका अध्यक्षले लाठी, मुक्का र लात्तीले कुटपिट गर्नुभयो। कुटपिटबाट टाउको, छाती, पाखुरा, खुट्टा र तिघ्रामा चोट लागेको छ,” समितिका अध्यक्ष धामीले घटना विवरण सुनाउँदै भन्नुभयो।

सो घटनाका विषयमा पालिका अध्यक्ष धामीले आफूले कसैमाथि कुटपिट नगरेको बरु उल्टै सडक समितिका अध्यक्षले मदिरा सेवन गरी पालिकाका कर्मचारी र आफूमाथि दुर्व्यवहार गरेको दाबी गर्नुभयो। अध्यक्ष धामीले भन्नुभयो, “सडक उपभोक्ता समितिका अध्यक्षले एक्साभेटरले गरेको कामको किर्ते हस्ताक्षर गरेर भुक्तानी लगेको थाहा पाएपछि चेक रोक्का गरिएको हो।”

‘गाउँपालिका अध्यक्षले कुटेकै हो’

गाउँपालिका अध्यक्ष धामीले दादागिरी शैलीमा आमाचकारी गाली गर्दै सडक उपभोक्ता समितिका अध्यक्षमाथि लट्ठी, ढुङ्गा र लात्ताले कुटपिट गरेको प्रत्यक्षदर्शी शेरसिंह धामीले बताउनुभयो। उहाँले आफूसँग प्रमाणका रूपमा फोन रेकर्डसमेत भएको बताउनुभयो। घटनास्थलमा आफू प्रत्यक्षदर्शी भएको बताउँदैं धामीले भन्नुभयो, “गाउँपालिकाका इन्जिनियर र लेखापालले समेत मलाई तपाईं यहाँ किन आएको भनेर निकै कडा रूपमा बोले।” मैले वीरेन्द्रसिंह मेरो भतिजा नाता पर्ने भएकाले बैङ्कमा चेक रोकिएपछि गाउँपालिका आएको हुँ भनेँ।

Previous Post

वीरगञ्जमा बितेकाे १० महिनामा एक सय ७४ जना बालबालिकामा कुपाेषण

Next Post

नीति तथा कार्यक्रममा कस्ता संशोधन परे ?

सम्बन्धित खबर

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
अन्तर्राष्ट्रिय

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

१५ साउन २०८३,
Load More
Next Post
नीति तथा कार्यक्रममा कस्ता संशोधन परे ?

नीति तथा कार्यक्रममा कस्ता संशोधन परे ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In