• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इतिहास बन्दै ढिकी जाँतो

by
५ जेष्ठ २०८०,
0
इतिहास बन्दै ढिकी जाँतो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् ।

तराईबाट तयार गरिएका चामल, दाल, पीठोलगायत अन्न सहजै गाउँघरमा उपलब्ध हुन थालेपछि समेत ढिकी कुट्ने र जाँतो पिस्ने परम्परा लोप हुँदै गएको हो ।

बिहान सबेरै उठेर अथवा साँझ ढल्केपछि महिलाहरुको काम ढिकी र जाँतोमा धान कुट्ने, गहुँ फल्ने, गहुँ, कोदो, मकै, फापर र दाल पिस्ने हुन्थ्यो । गाउँमा सबैका घर ढिकी वा जाँतो हुन्थ्यो । भालेको डाकोसँगै उठेर कुटानी–पिसानी गर्नुपर्ने बाध्यता सबैलाई थियो । कुटानी–पिसानीका आधुनिक मिलहरुले आजभोलि सबैलाई सजिलो बनाएको यहाँका महिलाहरु बताउँछन् ।

बिहान उज्यालो नहुँदै ढिकी, जाँतोको काम हुन्थ्यो, साँझको खाना खाएर पनि राति अबेरसम्म कुट्न, पिस्न पथ्र्यो”, गल्याङ नगरपालिका–११, भाटीकी ७९ वर्षीय वसन्ती सोमै मगरले भनिन, “हिजोआज बिजुलीबाट चल्ने मिल आएपछि सुविस्ता भएको छ ।”

ढिकी जाँतोमा पिसेको खाना मीठो र पोषिलो हुन्थ्यो, बिजुलीमा पिसेको खाना नमीठो हुँदोरैछ”, उनले भनिन “हामीले धेरै दुःख पाए पनि बिजुलीबाट चल्ने मिल आएपछि छोरीबुहारीले सुक्ख पाएका छन् ।”

भाटीमै बस्ने लीला सोमै मगरले कुटानी–पिसानीको काम गर्न नपर्दा खेतबारी, केटाकेटीलाई समयमा विद्यालय पठाउने र सरसफाइको काम गर्न सहज भएको बताईन । “ढिकी–जाँतो गर्ने काम मैले पनि बेहोर्नु प¥यो, टाढा पुगेर दुई–तीन घन्टा पालो पर्खेर पानी ल्याउनु पथ्र्यो, ढिकी–जाँतो गर्दा, पानी बोक्दामै दिन जान्थ्यो”, उनले भनिन“अहिले धेरै सहज भएको छ, हामी समयमा स्कुल जान नपाए पनि छोराछोरी समयमा स्कुल जान र पढ्न पाएका छन् ।”

सोही ठाउँकी पार्वती पल्ली मगरले ढिकी, जाँतो नहुँदा विवाह र पूजाआजामा बारा ९बटुक० बनाउने गेडागुडी कुट्न र पिस्न नपाएको बताईन ।”

ढिकीमा कुटेर बनाएको बटुक निकै स्वादिलो हुन्थ्यो, ढिकीमा कुटेर बनाइएको सेलरोटी काँडेदार र आकर्षक हुन्थ्यो, पहिले घरघरै हुने ढिकी, जाँतो अहिले सात गाम डुल्दा पनि पाइँदैन”, उनले भनिन, “गाउँमा एउटामात्र ढिँकी छ, त्यही पनि उक्काएर फाल्न खोजेका थिए, पुराना पुस्तालाई देखाउन हुन्छ भनेर अडाएर राखेका छौँ, त्यही पनि राम्रोसँग काम गर्दैन ।”

भाटीकै मनिसा पल्ली मगरले कुटानी–पिसानीका आधुनिक उपकरणको प्रयोगले आफूहरुलाई समयको बचत गराएको बताईन। “बिहान घरको काम गरिन्छ, दिउँसोमा कार्यक्रम, उद्यमशील तालिममा सहभागी बन्ने समय मिल्छ”, उनले भनिन “समय बचत भएकाले सिकेका सीपलाई बचत गरेर करेसाबारीमा तरकारी लगाउने, धागाबाट टोपी, स्वेटर, लेस, आउटर बुनेर थोरैधेरै आयआर्जन पनि गरेकी छु ।”

गाउँघरमा पेट्रोल, डिजेल र बिजुलीबाट चल्ने आधुनिक मिलमा कुटानी–पिसानी गरेबापत शुल्क र मानापाथी दिने परम्परा छ, गल्याङ नगरपालिका–११, का अध्यक्ष दलबहादुर सिञ्जालीले ढिकी, जाँतो, हातेमुसल, ओखल, बाँसबाट बनेका सुपो डालो लोप हुँदै गएकाले वडाले संरक्षणको अभियान थाल्ने बताए।

उनले भने , “हिजो मानिसका अभावका सारथी, आज मासिन हुँदैन, गाउँमा त्यस्ता चीज हराउँदै गएकाले चिन्ता बढाएको छ ।”हाम्रो वडामा मगरहरुको बाहुल्यता छ, मगर समुदायका पहिचानसँग सम्बन्धित परम्परा र संस्कारहरु पनि नाश हुँदै गएका छन्”, उनले भने, “नयाँ पुस्तालाई देखाउन भए पनि लोपोन्मुख अवस्थामा रहेका ढिकी, जाँतो, कृषि औजार, वेशभूषा, परम्परा र संस्कार थोरैधेरै बजेट विनियोजन गरेर बचाउने योजना छ ।”

Previous Post

जापानका विदेशी पर्यटकको आगमन अप्रिलमा महामारीपूर्वको अवस्थामा

Next Post

यस्ता छन् बिहान उठ्ने बित्तिकै मेथी पानी पिउनुहोका फाइदा

सम्बन्धित खबर

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
अन्तर्राष्ट्रिय

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

१५ साउन २०८३,
Load More
Next Post
यस्ता छन् बिहान उठ्ने बित्तिकै मेथी पानी पिउनुहोका फाइदा

यस्ता छन् बिहान उठ्ने बित्तिकै मेथी पानी पिउनुहोका फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In