अण्डामा मिनरल्स, भिटामिन्स, प्रोटिन जस्ता शरीरलाई आवश्यक तत्वहरू प्रचुर मात्रामा हुन्छ । जसले शरीरलाई स्वस्थ, स्फूर्थ राख्नुका साथै मोटोपन घटाउनका लागि समेत अचुक औषधि बन्छ ।
अण्डालाई विभिन्न चीजमा मिसाएर खाने हो भने मोटोपन घटाउन सहज हुने विभिन्न अध्ययनहरूले देखाएको छ ।
१. अण्डासँग पालकको सेवन गर्नु मोटोपन घटाउने उच्चतम सूत्र हो । एक कप पालकमा करिब ७ प्रतिशत क्यालोरिज् र धेरै न्यूट्रिएन्ट्स पाइन्छ । यसमा आइरन समेत प्रचुर मात्रामा पाइन्छ जसले हाम्रो मेटाबोलिजमलाई बूस्ट गर्छ ।
२. बजारमा पाइने विभिन्न प्रकारका तेलमा अमलेट बनाएर खाँदा हाम्रो शरीरमा धेरै क्यालोरी हुन्छ । जबकी नरिवलको तेलले मेटाबोलिजम करिब ५ प्रतिशत बढाएर वजन घटाउनमा मद्धत गर्छ । हरेक दिन साँझ २ चम्चा नरिवलको तेल सेवन गर्दा कम्मरको साइज १.१ इन्चसम्म कम भएको अध्ययनहरुले देखाएको पाइन्छ । त्यसकारण वजन घटाउनका निम्ति नरिवलको तेलमा अमलेट बनाएर खानु राम्रो हुने चिकित्सकहरू बताउँछन् ।
३. ओटमिलको साथमा अण्डा मिलाएर खाने हो भने पेटको बोसो घट्ने चिकित्सकहरू बताउँछन् ।













