• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जङ्गल नजिकको बस्तीमा हात्तीको त्रास

by
३ जेष्ठ २०८०,
0
कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन किसानलाई समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बस्ती नजिकैको जङ्गलमा हात्ती देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिक त्रसित भएका छन् । नगरपालिकाको वडा नं २ को पूर्वतिरको जङ्गलमा आजभोलि दैनिकजसो हात्ती देखिन थालेपछि उनीहरू त्रसित भएका हुन् ।

खोटेना भुराखानी सामुदायिक वन क्षेत्रमा बढीजसो हात्ती देखिन थालेका उनीहरू बताउँछन् । स्थानीयका अनुसार कहिलेकाहीँ एक, कहिले दुईवटासम्म हात्ती वन क्षेत्रमा देखिने गरेका छन् । “दिउँसोको समयमा खोटेना भुराखानी सामुदायिक वनको पूर्वतिर कर्णाली नदीको बीच टापुमा हात्ती देखिन्छन् भने रातिको समयमा बस्तीतिर आउने गरेका छन्”, खोटेना भुराखानी सामुदायिक वनका वन हेरालु टीकाराम बोगटीले भने “हामीलाई पनि हात्तीको निकै डर लाग्छ । त्यसैले आजभोलि वनभित्र जाँदा हामी पनि समूह बनाएर जाने गर्दछौँ । एक्लै–एक्लै हिँड्न छाडेका छौँ ।”

केही दिनअघि मात्र सीतापुर गाउँको जङ्गल छेउतिरको बस्तीमा केही व्यक्तिको घाँस फार्ममा हात्ती पसेर घाँससमेत खाइदिएको छ । गाउँमा हात्ती पसेको थाहा पाएपछि होहल्ला गर्ने, बाजागाजा बजाउने, भाँडाकुँडा ठटाउने काम स्थानीयले गरिरहेका छन् । केही दिनअघि गाउँमा पसेको हात्तीलाई पनि आफूहरूले होहल्ला गरेरै भगाएको सीतापुरका लक्ष्मण चौधरीले बताए
।

“हात्ती गाउँमा पसेपछि सबै त्रसित भयौँ, पछि आगो बालेर, हल्ला गरेर भगायौँ”, उनले भने, “हात्तीको त्रासले स्थानीय निर्धक्क सुत्न सक्दैनन् । हात्ती बस्तीमा पसेमा घर भत्काउने हो कि भन्ने त्रास रहन्छ ।”

वडा नं २ को पूर्वतिर खोटेना भुराखानी, रानी कर्णाली, सितल र जनशक्ति गरी चार सामुदायिक वन रहेका छन् । ती सामुदायिक वनमा दैनिक सयौ उपभोक्ता घाँस दाउरा काट्न जान्छन् । हात्ती देखिन थालेपछि जङ्गलमा घाँस दाउरा खोज्न डराइ–डराइ जाने गरेको टीकापुरकी राधिका रावतले बताईन। “जङ्गल गएकाहरू सधैँ त्रासमा रहन्छन्”, उनी भन्छिन “वनजङ्गल जानुपर्ने बाध्यता भएकाले अचेल समूह बनाएर जाने गरेका छौँ ।”

हात्ती देखिन थालेपछि जङ्गलमा घाँस दाउरा गर्न जानेलाई सामुदायिक वनका पदाधिकारी तथा कर्मचारीले सजग रहन आग्रह गर्ने गरेका छन् । वडा नं २ को पूर्वतिर अधिकांश जङ्गल क्षेत्र पर्ने भएकाले वडा कार्यालयले पनि जङ्गलतिर जाँदा वा रातिको समयमा जङ्गल छेउ बस्तीकालाई सचेत रहन आग्रह गरिएको वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले बताए।

“हामीले सचेत रहन सूचना जारी गरेका छौँ । सकेसम्म जङ्गलतिर नजाने, घाँस दाउराका लागि जानैपर्ने भए सतर्कता अपनाउन भनेका छौँ”, उनले भने, “घना जङ्गलमा अन्य जङ्गली जनावरको पनि डर हुन्छ ।”

गत वर्ष यहाँ जङ्गल क्षेत्रमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । केही महिनाअघि बाघको आक्रमणबाट एक जना घाइते भएका थिए ।

Previous Post

नेपाली चलचित्रको चर्चा अन्तर्राष्ट्रिय बजारमा

Next Post

व्यास नगरपालिकाद्वारा कृषकलाई धानको बीउ वितरण

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

८ भदौ २०८३,
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण
समाचार

चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

८ भदौ २०८३,
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
फिचर-ब्यानर

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

८ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

८ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
Load More
Next Post
व्यास नगरपालिकाद्वारा कृषकलाई धानको बीउ वितरण

व्यास नगरपालिकाद्वारा कृषकलाई धानको बीउ वितरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In