मेरो मार्ग
सत्यदेवको परम्परा अवधूत हो । यसै परम्पराबाट बुद्धले बज्रयानको विकास गरी महाकाश्यपलाई जिम्मा दिए, उनले मैत्रेयलाई र मैत्रेयले मञ्जुश्रीलाई र उनले पद्मसम्भवलाई जिम्मा दिए र पद्मसम्भवद्वारा चीन तीब्बतमा गुरुयोग बज्रयानको विकास भयो । अवधूतमा सिद्ध, आचार्य, साधक र भक्तचार प्रकारका छन् :
-सिद्धको आहार विहार यथेष्ट र वामाचार, दक्षिणा चार दुवै रहन्छन् ।
-आचार्यको कार्यपद्धति दक्षिणाचारबाट मात्रै हुन्छ ।
-साधकलाई साधनाकालमा केही समय कौल वामाचारको समय पालन गर्नुपर्छ । पछि दक्षिणाचार शैव परम्पराको अभिषेक प्राप्त गर्दछन् ।
-भक्तहरू सामान्य सनातन हिन्दूपद्धतिकै अनुसरणमा गुरुको उपासना गर्छन् ।
-आत्मा यथार्थतः उपासनाको स्वतः आधार हो, ध्यान गुरुप्रेम, सेवापथ हो ।
अवधूत परम्पराका मूल स्रोत हुन्ः अष्टावक्र, दत्तात्रेय, अलर्क, जनक । सत्यदेवका आदि परम्परा आचार्य अष्टावक्र हुन् । तत्व सिद्धान्त शिक्षातत्व दत्तात्रयको पनि छ । यसका रहस्यतत्व शाङ्कर वेदान्त, नागार्जुन, अभिनवगुप्त पाशुपतशैवी दर्शनमा पाइन्छन् । यो रहस्य विधाको निर्गुण पथ हो । उपनिषद् आदि सूत्र छन् । तथागत मध्यमा व्याख्याता हुन् । कृष्ण जीवन्त प्रकाश हुन् । नाथयोग बज्रयान तथा हिमालयीय मिश्रण, योगको नीलबाबा पद्धति सत्यदेवको दिव्य भाव अहोभाव साधना हो । जसमा गुरुतत्व, आत्मतत्व तथा उभय योग परतत्वको विद्यमानता छ । यो रहस्य हो, मन्त्र चिन्तन हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













