काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई अश्लील तस्बिरहरु पठाएर हैरान पार्ने ठमेलका ४८ वर्षीय नन्दलाल शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
शर्मालाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखराबाट पक्राउ गरेको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ।
‘महिलालाई बैंकहरुबाट ऋण मिलाइदिन्छु भनी भेटघाट गरी विभिन्न प्रलोभन देखाइ नजिक हुने र कुराकानीको क्रममा पीडितलाई मन पराउने र माया गर्ने भनी विश्वास दिलाएर सँगै बसेका गोप्य तस्बिर र भिडियो खिची अनावश्यक ठाउँमा भेट्न बोलाएको र नआएपछि तिनै तस्बिरहरु पीडितका आफन्त र साथी भाइलाई पठाएर हैरान पारेपछि उजुरीका आधारमा पक्राउ गरिएको छ,’ व्यूरोद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
शर्मालाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको व्यूरोले जनाएको छ।













