गर्मी र वर्षातको समयमा पानीजन्य विभिन्न रोगहरूजन्य संक्रमणको जोखिम धेरै हुन्छ । यो समयमा विभिन्न रोगको प्रकोप फैलिने जोखिम हुन्छ । दूषित पानी, खाना तथा लामखुट्टेका कारण मौसमी विरामी जस्तै, मलेरिया, झाडापखाला, भाइरल ज्वरोलगायत हुने गर्दछ । त्यसमध्ये पनि सबैभन्दा धेरै टाइफाइडको जोखिम हुन्छ ।
प्रत्येक वर्ष वर्षाको मौसममा टाइफाइडका धेरै बिरामी देखिने गरेका छन् । शहरी इलाकामा टाइफाइडका बिरामी बढ्नुको प्रमुख कारण भनेको दूषित पानी, अत्यधिक फोहोर र सडकमा बेचिने पानीपुरी लगायतका खानाहरू रहेको स्वास्थ्य विभागले निष्कर्ष निकालेको छ ।
भारतमा टाइफाइडलाई ‘पानी पुरी रोग’ भन्ने गरेको पाइन्छ । सरकारले वर्षातको समयमा पानीपुरी नखान सबैलाई सुझाव दिने गरेको छ भने पानीपुरी बेच्नेहरूलाई सरसफाइमा ध्यान दिन र स्वच्छ पानीको मात्र प्रयोग गर्न भनेको छ ।












