प्रहरीले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले कागज चपाएर निलेको भनेर समाचार नलेखाएको स्पष्ट पारेको छ।
घटनाको अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खाणलाई पक्राउ गर्दा उनले प्रहरीको हातबाट खोसेर कागज चपाएर निलेको कुरा झुटो भएको बताएको हो।
कार्यालयका एसपी रवीन्द्र रेग्मीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘‘ मुद्दाको निष्पक्ष अनुसन्धानलाई प्रभाव पार्ने गरी कुत्सित मनसायले झुटो, आधारहीन सूचना सम्प्रेषण गरिएको समाचारमा कुनै सत्यता नभएको हुँदा भ्रममा नपर्न हुन अनुरोध गरिएको छ।’
हेर्नुहोस् विज्ञप्ति :














