• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर्वेक्षण भएको १८ वर्षपछि कार्यान्वयनको तयारीमा….

by
३१ बैशाख २०८०,
0
सर्वेक्षण भएको १८ वर्षपछि कार्यान्वयनको तयारीमा….
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी– अठार वर्षअघि सर्वेक्षण गरिएको एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ ।

म्याग्दी र मुस्ताङमा संरचना रहने गरी प्रस्ताव गरिएको आयोजना डेढ दशकपछि निर्माणको प्रक्रियालाई अगाडि बढाइएको हो । हाइड्रो सोलुसनबाट गत मङ्सिरमा कालीगण्डकी गर्जको स्वामित्व लिएको त्रिवेणी इनर्जी प्रालिले आयोजना निर्माणको प्रक्रिया अघि बढाएको हो ।

विसं २०६३ मा आयोजनाको पहिलोपटक सर्वेक्षण गरिएको आयोजना लगानीको स्रोत जुट्न नसक्दा कार्यान्वयन हुनसकेको थिएन । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसमा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको म्याग्दी जिल्लाको सबैभन्दा ठूलो यो आयोजनाको छ किलोमिटर लामो सुरुङ निर्माण गरिने छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विसं २०७५ असारमा भएको चीन भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एन्ड हाइड्रोपावरका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

चिनियाँ पक्ष लगानीबाट पछि हटेपछि आयोजना कार्यान्वयन हुनसकेको थिएन । त्रिवेणी इनर्जी प्रालिका प्रशासन प्रमुख विजय कार्कीले स्वदेशी लगानीमा कालीगण्डकी गर्ज निर्माणको प्रक्रिया अघि बढाइएको बताए । ‘‘हामी आयोजना बनाउने गरी आएका छौँ, आयोजना प्रभावित स्थानीयवासी र सरोकारवाला पक्षको साथ र सहयोगको खाँचो छ”, उनले भने, “एक वर्षको अवधिमा आयोजनाको भौतिक संरचना निर्माण थाल्छौँ ।”

अर्धजलाशययुक्त आयोजना निर्माणका लागि कम्पनीले गत फागुनमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता ९पिपिए० भइसकेको छ । “आयोजनाको कुल लागत रु ४३ अर्ब अनुमान गरिएको छ”, उनले भने, “वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकेपछि लगानी जुटाएर आयोजना निर्माण थाल्छौँ ।”

आयोजनाको परामर्शदाता रुप्से इन्भारोमेन्ट सोलुसन प्रालिले आयोजनाको वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कनलाई अगाडि बढाएको छ । सोलुसनका आर्थिक, सामाजिक तथा सांस्कृतिक विज्ञ मुक्ति ढुङ्गानाले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा पुगेको जानकारी दिए । म्याग्दी र मुस्ताङका जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखसहितको टोलीले शुक्रबार आयोजना क्षेत्रको स्थलगतरूपमा अनुगमन गरेको थियो ।

आयोजनाबाट वार्षिक एक अर्ब पाँच करोड ५५ लाख ५२ हजार तीन सय १३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार बर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । सुक्खायाममा आयोजनाको पेकिङ अवधि दैनिक छ घण्टा हुने छ । आयोजनाले सुक्खायाममा पनि दैनिक छ घण्टा एक सय ८० मेगावाट बिजुली उत्पादन गर्ने छ । रन अफ दि रिभर प्रकृतिको आयोजनालाई अर्ध जलाशय बनाउन विद्युत् विकास विभागले सैद्धान्तिक सहमति दिएको थियो ।

आयोजनाले नारच्याङमा रु तीन करोडमा तीन सय रोपनी जग्गा अधिग्रहण गरेको छ । विद्युत्गृहबाट एक किलोमिटर नजिक रहेको दुई सय २० केभी क्षमताको दाना सबस्टेशनमा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गराइने भएको छ ।

Previous Post

महायोगी पाइलबाबाका केही अमर वाणीहरु

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

४ अशोज २०८३,
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
खेलमैदान

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ अशोज २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In