एक दिन एउटा वैज्ञानिकले यस्तो कम्युटरको आविष्कार ग¥यो जसले सम्पूर्ण कुराहरु बताउन सक्दथ्यो ।
एक व्यक्तिले सो कम्प्युटरलार्ई मेरो बुवा यस वेला कहाँ हुनुहुन्छ भनेर सोध्यो ।
कम्प्युटरले जवाफ दियो— अहिले उनी ठमेलको एउटा भट्टीमा रक्सी पिउँदैछन् ।
त्यो व्यक्तिले भन्यो गलत मेरो बुवा मरेको नै ५ वर्ष भइसक्यो ।
कम्प्युटरले फेरि भन्यो— तिम्री आमा, आमाको पति मरेको धेरै वर्ष भइसक्यो तर तिम्रो असली बुवाचाहिँ भट्टीमा रक्सी पिउँदैछन् ।
पर्दा त लगाउने गर
दुई जना साथी एक आपसमा कुरा गर्दै भनेछन्— पहिलो साथी, अरे तँ कति मूर्ख मान्छे होस् । तैँले स्वास्नीसँग प्रेम गर्दा कमसेकम झ्यालको पर्दा त लगाउने गर ।
दोस्रो साथीः तँलाई कसरी थाहा भयो ?
पहिलो साथीः मैले राती देखेँ ।
दोस्रो साथीः कस्तो वाहियात कुरा गरेको तैँले ? राती त म घरमै थिइनँ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












