• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीन महिनामै पाइप फुट्न थालेपछि लिफ्टिङ सिंचाइले गाउँले हैरान

by
२७ बैशाख २०८०,
0
तीन महिनामै पाइप फुट्न थालेपछि लिफ्टिङ सिंचाइले गाउँले हैरान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । हस्तान्तरण भएको तीन महिनादेखि पाइप फुट्न थालेपछि तमोर नदीको पानी तानेर खेती गर्ने धनकुटाको सहिदभूमि गाउँपालिका गोपालपुर गाउँका किसानको सपना त्यसै तुहिएको छ ।

संघीय सरकारको एक करोड ८५ लाख सहयोगमा आर्थिक वर्ष २०७६/०७७ मा गाउँका एक सय ५० घरधुरीका लागि सिँचाइ सम्पन्न भएको थियो तर आयोजना पूरा भएर जिम्मा लिएको तीन महिना नबित्दै पाइप फुटेर अहिलेसम्म पूर्णरूपमा बन्न नसक्दा गाउँका किसान समस्यामा परेका छन् ।

प्रारम्भमा नै दुई घण्टाभन्दा बढी सिँचाइका लागि पानी नपाएका गाउँवासीले सिँचाइको पाइप फुट्न थालेपछि अब उनीहरूले लिफ्टिङ पानीको आश गर्न छाडेका छन् । परीक्षणकालमा विभिन्न समस्या देखिएकाले निर्माण कम्पनीको एक वर्षसम्मको अथक प्रयासपछि ठीक भएपछि उपभोक्ता समितिका अध्यक्ष विष्णु राईले आयोजना जिम्मा लिएका थिए । तर उनका अनुसार आयोजना हस्तान्तरण भएको तीन महिनापछि पाइप फुटेपछि अहिले गाउँका १० देखि १५ घरले मात्र आंशिक पानीको खपत गरिरहेका छन् ।

‘जिम्मा लिँदा सबै एक सय धाराबाट पानी झरेको थियो’, राईले भने, ‘अफिसबाट धेरै सर आउनुभएको थियो, सरहरूले ठीक छ भनेपछि जिम्मा लिएका हौँ ।’ फलामको जिआइ पाइप जोडिएको ठाउँ ९जोर्नी० पटक–पटक फुट्ने तर आफूहरूसँग बनाउने साधन नहुँदा सिँचाइ आंशिक मात्र सञ्चलनमा रहेको राईले जानकारी दिए ।

नदीबाट गाउँसम्मको करिब नौ सय मिटर भर्टिकल सिँचाइका लागि नौवटा स्टेशनबाट एक सय १० मिटर फलामे पाइप र सात सय मिटर रबरको पाइप विस्तार गरिएको छ । सोलार सिस्टमबाट सञ्चालित सो लिफ्टिङ आयोजनाको पाइपभन्दा पम्प बढी हर्स पावरको भएकाले पाइप फुटिरहेको राईको अनुभव छ ।

आधा क्षेत्रसम्म पानी लिफ्ट गर्दा पानीको बहाव थाम्न नसकेर भू–क्षय हुने र पूरै लिफ्टिङ गर्दा पाइप फुट्ने भएकाले आयोजना पूर्णरूपमा सञ्चालनमा आउन नसकेको उनको भनाइ थियो । गाउँमा सिंचाइ आयोजना बनेको एक वर्ष पनि पूरा नभई पाइप फुटेर सिँचाइ गर्न नपाएको गुनासो सो गाउँका ६७ वर्षीय सोमबहादुर राईले गुनासो गरे ।

छपाइप फुटेर हामीले बनाउन सकेनौँ’, उनले भने, छखै माथिबाट बनाउन आउँछ भन्थे १ कहिले आउने हुन्, थाहा छैन ।’ त्यस्तै साही गाउँका ५३ वर्षीय अ‍ैनबहादुर राईले सिँचाइ आयोजना प्रारम्भदेखि नै राम्ररी नचलेको गुनासो गरे। चालीस रोपनीमा खेती गरिरहनुभएका राईले पहिला पनि एक रोपनीभन्दा बढी क्षेत्रफलमा दुई घण्टाभन्दा बढी सिंचाइ गर्न नपाएको सुनाए ।

पटक–पटक पाइप पड्कने र बनाउने क्रमसँगै हाल गाउँका आठ(दश घरले आंशिक सिंचाइ गरिरहेको उनले जानकारी दिए । अब पाइप लाइन बनिहाले पनि गाउँका लागि पर्याप्त सिँचाइ नपुग्ने भएकाले उक्त सिँचाइ आयोजनाको खासै अर्थ नरहेको उनको भनाइ थियो ।

‘यो पानीले हामीलाई खान पनि पुग्दैन’, राईले भने । आयोनाको अनुगमनको जिम्मा पाएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका धनकुटाका अधिकृत बुद्धिमान लिम्बूले आयोजना मापदण्डअनुसार नै बनेको जानकारी दिए । सोलारबाट निस्कने विद्युत् भोल्टेजको घटबढका कारण पानी लिफ्टिङमा समस्या भएको उनले जानकारी दिए ।

गाउँवासीले आयोजनाका विरुद्ध अख्तियारमा मुद्दा दायर गरेकाले एक वर्षसम्म आयोजना मर्मत हुन नसकेको लिम्बूले जानकारी दिए । पाइपको जोर्नी फुट्ने समस्या देखिएकाले त्यसलाई चाँडै वेल्डिङ गरेर सिँचाइ आयोजना सञ्चालन गरिने उनको भनाइ थियो ।

Previous Post

खानेपानीको श्रोतमै पाइँदैन पानी !

Next Post

अमेरिकी र चिनियाँ राजदूतबीच भेट

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
अमेरिकी र चिनियाँ राजदूतबीच भेट

अमेरिकी र चिनियाँ राजदूतबीच भेट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In