काठमाडौँ । बलिवुड अभिनेता प्रभास र कृति सेननको बहुप्रतिक्षित फिल्म आदिपुरुषको ट्रेलर सार्वजनिक भएको छ । फिल्म बारेको विवादका बिच मंगलबार ट्रेलर सार्बजनिक गरिएको हो ।
ट्रेलर रिलिज भएदेखि नै सामाजिक सञ्जाल ट्रेन्डिङ भइरहेको छ ।
ट्रेलर पवनका छोरा हनुमानबाट सुरु हुन्छ । पृष्ठभूमिमा रामचरित मानसको चौपई ‘मंगल भवन ए मंगल हरि’ सुनिन्छ । हनुमानको गेटअपमा देवदत्त नागे भन्छन्( ‘यो कथा मेरो भगवान श्री रामको हो, जो मानवबाट भगवान बने। रामायणको यो कथा युगौंदेखि जीवित छ ।
यस संवादमा प्रभु श्रीरामको गेटअपमा प्रभास, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सन्नीको झलक देख्न सकिन्छ । आदिपुरुष जुन १६ मा तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज हुदै छ ।
विवादलाई ध्यानमा राख्दै ट्रेलरमा ठूलो परिवर्तन देखिएको छ ।
३ मिनेट १९ सेकेन्डको यस ट्रेलरमा रामायणसँग सम्बन्धित अन्य पात्रहरूलाई ट्रेलरमा देखाउने प्रयास गरिएको छ । ट्रेलर हेर्दा निर्देशक ओम राउतले विवादलाई मध्यनजर गर्दै फिल्ममा धेरै ठूला परिवर्तन गरेका छन् भन्ने अनुमान गर्न सकिन्छ । साथै, भिएफएक्सलाई पहिले भन्दा राम्रो बनाउने प्रयास गरिएको देखिन्छ ।
फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खान, सन्नी सिंह, देवदत्त नागे, सोनाल चौहानलगायतको अभिनय रहेको छ । फिल्मलाई टी सिरिजले निर्माण गरेको हो ।













