काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत कोलकोता नाइट राइडर्सले पञ्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको छ ।
पञ्जाबले दिएको १८० रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
कोलकोताका लागि कप्तान नितिश रानाले सर्बाधिक ५१ रन बनाए भने आन्द्रे रासेलले ४२ रन बनाएका थिए । त्यस्तै रिंकु सिंहले अविजित २१, वेंकटेश अय्यरले ११ रन बनाए भने रह्मनुल्लाह गुर्बाजले १५ रन बनाएका थिए ।
पञ्जाबका लागि राहुल चहरसले २ विकेट लिए भने नाथन इलिस र हरप्रित ब्रारले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो ।
पञ्जाबका लागि कप्तान शिखर धवनले सर्बाधिक ५७ रन बनाएका थिए भने जितेश शर्माले २१, प्रभासिमरन सिंहले १२, लियाम लिभिंगस्टोनले १५, ऋषि धवनले १९, शाहरुख खानले २१, हरप्रित ब्रारले १७ रन बनाएका थिए ।
त्यसैगरी कोलकोताका बलर वरुण चक्रवर्तीले सर्बाधिक ३ विकेट लिए भने हरशित रानाले २ सुयाश शर्मा र नितिश रानाले एक एक विकेट लिए ।
यो जितपछि जारी आइपिएलमा कोलकोताको ११ खेलमा ५ जितसहित १० अंक हासिल गरेको छ र प्लेअफको सम्भावनालाई जिवितै राखेको छ । त्यस्तै कोलकता अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जाबको पनि ११ खेलमा १० अंक रहेको छ र अंक तालिकामा सातौ स्थानमा रहेको छ ।













