भनिन्छ, औषधीको बढी मात्रा विष हो र विषको निश्चित मात्रा औषधी हो । हामीले दैनिक खाने खाद्य पदार्थलाई समेत उचित ढङ्गले खान जानेनौँ भने विष बन्न बेर लाग्दैन ।
मह असाध्यै गुणकारी खाद्यवस्तु मानिन्छ । त्यस्तै, घिउ पनि शरीरका लागि पौष्टिक तत्व हो । तर मह तर घिउको बराबर मात्रा मिसाएर खाँदा त्यो विष बन्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै, काँस र पित्तलको भाँडामा घिउ राखेर खाँदा पनि त्यो विषादि बन्न पुग्छ । दूधसँग नून खानाले पनि शरीरलाई हानिकारक विषादी उत्पन्न हुन्छ ।
तामाको भाँडोमा दूध उमाल्नु पनि घातक छ, किनभने दूधमा ल्याक्टिक अम्ल पाइन्छ जसले तामासँग प्रतिक्रिया गर्दछ । तामा एउटा क्षार हो । धेरै समय तामाको भाँडोमा दूध राख्दा ल्याक्टिक अम्ल र तामाबीच रासायनिक प्रतिक्रिया भई विषादीमा परिणत हुन्छ । उक्त दूध खाँदा शरीरलाई हानी गर्छ । त्यसैले तामाको भाँडोमा दूध राख्नु वा उमाल्नु हुँदैन । त्यस्तै गरी, तामाको भाँडोमा काफल जस्ता अम्लिय पदार्थ राख्नु हुँदैन ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













